‘विश्वकप खेल्छ भन्दा धेरै हास्थे ,अबको १०-१२ वर्षपछि नेपाल टेस्ट राष्ट्र बन्न सक्छ’ – पारस

‘विश्वकप खेल्छ भन्दा धेरै हास्थे ,अबको १०-१२ वर्षपछि नेपाल टेस्ट राष्ट्र बन्न सक्छ’ – पारस

काठमाडौं (अनलाइन खेलखबर ) । नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा वर्तमान टोलीका महत्वपूर्ण सदस्य पारस खड्काले अबको १०-१२ वर्ष भित्र नेपाल टेस्ट राष्ट्र बन्न सक्ने बताएका छन् ।

भारतीय पूर्व क्रिकेटर समेत रहेका चर्चित मिडियाकर्मी आकाश चोपडासँग कुराकानीका दौरान पारसले उक्त कुराको उल्लेख गरेका हुन् ।

अहिले नेपाली क्रिकेटप्रती चारैतिर सकारात्मक माहोल छ । नेपाली क्रिकेटले प्रतिक्रिया पनि राम्रो पाईरहेको र नतिजा पनि आईरहेको हुँदा अब आईसीसीको कस्तो अवस्थामा दिने भन्ने कुरामा भर पर्छ ।

हामीसँग विश्वकै राम्रो फ्यानबेस रहेको छ । जून विश्वकै उदारणिय मानिन्छ । कुनै टेस्ट राष्ट्रसँग तुलना गर्दा पनि नेपाल माथि हुन् सक्छ । तसर्थ मेरो एउटै अब सपना छ नेपालले टेस्ट खेलोस तर खेलाडीको रुपमा म त्यसको भाग हुने छैन । त्यसका लागि अन्यतर्फबाट सपना पूरा गर्नका लागि भूमिका निर्वाह गर्न सक्छु कि भन्ने लाग्छ ।

हाम्रो सपना हो , सम्भावना छ , असम्भव छैन । जस बेला नेपालले विश्वकप खेल्छ भन्दा धेरै हास्थे , नेपाल विश्वकप खेल्यो । त्यसपछि नेपालले एकदिवसीय मान्यता पायो । ठिक छ नेपालले सफलता पायो भन्ने पाईयो । त्यसैले टेस्ट राष्ट्र प्राप्त गर्ने यात्रामा धेरै मेहनत आवस्यक छ । नतिजासँगसँगै क्रिकेट बाहिरपनि ध्यान पुर्याउनु पर्छ ।

‘हामी राम्रो बाटोमा छौं पनि , १० -१२ वर्षको यात्रा हो । आशा छ सन् २०३०-३२ तिर नेपालले पहिलो घरेलु भूमिमा टेस्ट खेललाई स्वागत गर्नेछ । त्यसको सुरुवात भारतसँगबाट पनि हुन सक्छ । ’उनि भन्छन् ।

यस्तै पारस र चोपडाबीचको अन्तर्वार्ता नेपाली क्रिकेटको सुरुवाती अवस्था,नेपाली क्रिकेट विकासमा छिमेकी देशहरुको भूमिका,युवा खेलाडीसँगै सन्दीप लामिछाने र स्वयम् पारसको कप्तानीको बारेमा समेत केन्द्रित रहेको थियो ।

स्मरणीय रहोस् चोपडा नेपाली क्रिकेटलाई पछ्याउने ब्यक्तित्वमा पर्छन् । बेला बखत उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको खुलेरै प्रशंसा गर्दै आएका पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *