पूर्व कप्तान मशरफे मोर्तजासहित तीन बंगलादेशी क्रिकेटरलाई कोरोना सक्रमण
एजेन्सी । बंगलादेश क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका मशरफे मोर्तजामा कोरोना भाइरस ( कोभिड-१९ ) सक्रमण पुष्टि भएको छ ।
यसअघि बंगालदेशका एकदिवसीय क्रिकेटका कप्तान तमीम इकबालका भाइ समेत रहेका पूर्व ओपनर ब्याट्सम्यान नफिज इकवाललाई पनि भाइरस सक्रमण पुष्टि भएको थियो ।बंगलादेशमा क्रिकेट खेलाडीमा सक्रमित हुने मोर्तजा दोस्रो खेलाडी हुन् ।
मोर्तजा , इकवालसहित अर्का स्पिनर नाजमुल इस्लाम पनि भाइरसबाट सक्रमित छन् ।
उनका भाई मोर्सलिन मोर्तजाका अनुसार उनको पछिल्लो केही दिनदेखि स्वास्थ्य त्यति ठिक थिएन । शरीर दुखिरहेको र अलि अलि खोकी पनि लागिरहेको थियो साथमा हल्का ज्वरो पनि आईरहेको थियो ।
त्यसपछि उनले आफ्नो स्वास्थ्य जाँच गराउँदा उनिमा कोरोना सक्रमण पोजिटिभ देखिएको हो । अहिले बंगलादेशको राजधानी ढाकामा रहेका उनि बंगलादेशका सांसद समेत हुन् ।
यसबीचमा उनले केही दिनअघि आफ्नो संसदीय क्षेत्र नरेलमा गएर राहत वितरण गरेका थिए । त्यस क्रममा उनलाई सक्रमण भएको हुन् सक्ने आशंका गरिएको छ । तर यस बारेमा कुनै पुष्टि भने भएको छैन ।
कोरोना भाइरसबाट अहिले विश्व संघर्ष गर्दै गर्दा नाम चलेका क्रिकेट खेलाडीहरुमा पनि कोरोना भाइरस देखिन थालेको छ । यसअघि पाकिस्तानका चर्चित खेलाडी शाहिद अफ्रिदीमा पनि सक्रमण पुष्टि भएको थियो । उनि अहिले उपचाररत छन् ।