आखिर हल्लामा मात्र सिमित : राजपुत जिम्बाब्बेमै रहने पक्का

आखिर हल्लामा मात्र सिमित : राजपुत जिम्बाब्बेमै रहने पक्का

काठमाडौं (अनलाइन खेलखबर ) । नेपाल क्रिकेट टोलीका तत्कालिन प्रशिक्षक उमेश पटवालले राजिनामा दिएसँगै अहिले नेपाली क्रिकेटको अभिभावक नेपाल क्रिकेट संघ( क्यान ) ले नयाँ विदेशी प्रशिक्षक नियुक्त गर्ने तयारीमा रहेको छ ।

यसबीचमा भारतीय प्रशिक्षक जो जिम्बाब्बे क्रिकेटसँग आबद्ध थिए लालचन्द राजपुत, नेपाल आउँने सक्ने आंकलन गरिएको थियो । जसमा क्यानका केही सदस्यहरुले समेत राजपुत आउँन सक्ने सम्भावना रहेको भन्दै गर्दा जिम्बाब्बे क्रिकेटले यस बारेमा स्पष्ट पारेको छ ।

आखिर यसरी आउँने आउँने भनेर किन हल्ला फिजाईयो त्यो सम्बधित निकायलेनै जान्ने कुरा भयो । त्यहीँ हल्लालाई केन्द्रित रहदै बिहिबार जिम्बाब्बे क्रिकेटले आफ्नो सामाजिक संजाल टुईटरमार्फत राजपुत आफ्नो ३ वर्षको सम्झौता अनुरुप सन् २०२१ सम्म जिम्बाब्बेमानै रहने उल्लेख गरेको छ ।

उक्त पोस्टमा राजपुतको भनाई हो भनेर समेत उल्लेख गर्दै गर्दा हामी आन्तरिक छलफल भएको विषयलाई हतार- हतार किन बाहिर ल्याउँछौ । कुरा पक्का पक्की नहुँदा नहुँदै सम्भावित भन्दै सार्वजनिक गर्दा त्यसले कस्तो प्रभाव पार्ला भन्ने कुरामा किन ध्यान दिदैनौं र त्यसको प्रभाव के हुन् सक्छ भन्ने कुरा यहीँ राजपुत प्रकरणले पनि देखाईसकेको छ ।

पछिल्लो समय क्रिकेटमा खस्कदो क्रममा रहेको जिम्बाब्बेले राम्रो मानिएका प्रशिक्षक राजपुतलाई निरन्तरता दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *