७ वर्षको प्रतिबन्ध पछि श्रीसंत मैदानमा फर्किदै : फिटनेसमा प्रमाणित गरे रणजी खेल्ने
एजेन्सी – भारतीय तीब्र गतिका बलर एस. श्रीसंत आउँदो रणजी सीजनमा केरलको तर्फबाट खेल्न सक्ने सम्भावना बढेर गएको छ ।
सन् २०१३ मा ईन्डियन प्रिमियर लिग ( आईपीएल ) को दौरान खेल मिलेमतो अर्थात म्याच फिक्सिङ गरेको आरोप लागेपछी क्रिकेट गतिविधिबाट टाढा रहेका उनले अब भने कमब्याक गर्ने तयारीमा छन् ।
त्यसबेला राम्रो लयमा समेत रहेको समयमा आरोपित हुन् पुगेका उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरुमा आजिवन तथा पछि ७ वर्षको लागि प्रतिबन्ध गरेको थियो ।
यसबीचमा उनलाई लागेको आरोपमा सन् २०१५ मा नै भारतीय विषेश अदालतले सफाइ समेत दिएको थियो । त्यसपछि सन् २०१८ मा केरलको उच्च अदालतले उनिमाथि लगाएको आजिवन प्रतिबन्धलाई फुकुवा गरेको भएपनि सन् २०१९ मा त्यहाँको सर्वोच्च अदालतले बीसीसीआईकै आग्रहमा ७ वर्षका लागि प्रतिबन्ध गर्ने निर्णय सुनाएको थियो । जुन प्रतिबन्ध अब सकिदै छ ।
यता प्रतिबन्ध सकिन्नै लाग्दा केरल क्रिकेट एसोसिएशन (केसीए) ले उनलाई आफ्नो टोलीमा समाबेश गरेको छ । अब उनले आफ्नो फिटनेसमा प्रमाणित गर्छन् भने आगामी सिजनमा उनि मैदानमा फर्किन सक्ने छन् ।
आफुलाई लागेको आरोपलाई गलत सावित गराउने क्रममा उनले यसबीचमा ठूलो उतारचढाव ब्यहोरे । तर अन्तत उनि माथि लागेको आरोप प्रमाणित हुन् सकेन ।
तसर्थ बीसीसीआई पनि पछि हट्न बाध्य भयो । अब उनि मैदानमा फर्किने तयारीमा छन् । जसमा केरलले उनलाई साथ दिएको छ ।
केरलको साथ पाएपछि उनले केरल क्रिकेट एसोसिएशनको सदैब आभारी हुँने प्रतिक्रिया दिएका छन् ।
सन् २००५ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेका उनले सन् २००७ को टी – ट्वान्टी विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकपमा भारतले उपाधि उचाल्दा उनि टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।