टी – ट्वान्टी विश्वकप निर्धारित मितिमा नहुने प्रबल सम्भावना
एजेन्सी – आउँदो अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने भनिएको आईसीसी टी- ट्वान्टी विश्वकपको मिति नजिकिदै गर्दा आयोजक क्रिकेट अष्ट्रेलियाका पछिल्ला गतिविधिलाई नियाल्दा निर्धारित मितिमा विश्वकप नहुने सम्भावना बढेर गएको छ ।
अहिले कोरोना भाइरस( कोभिड -१९ ) ले विश्वभर पारेको प्रभावकै कारण त्यसले उब्जाएको संकटले गर्दा विश्वकप निर्धारित मितिमा नहुने सम्भावनालाई बलियो साथ दिएको छ ।
यस विषयमा क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी ) ले भने अझैं खुलेर सङ्केत नगरेको भएपनि आईसीसीका पछिल्ला दुई बैठकलाई नजिकबाट नियाल्दा गर्न या नगर्ने भनेर निर्णय गर्नका लागि अहिले आईसीसीलाई निकै गार्हो परिरहेको देखिन्छ ।
अब आईसीसीले यस बारेमा अर्को महिना निर्णय गर्ने उल्लेख गरेको छ । तर आन्तरिक छलफल व्यापक गरेको आईसीसीलाई आयोजक राष्ट्र अष्ट्रेलियाले त्यति संतोषजनक जवाफ् नदिएको रिपोर्ट सार्वजनिक भएका छन् ।
पछिल्लो एक रिपोर्टका अनुसार क्रिकेट अष्ट्रेलियाका अध्यक्ष अर्ल एडिंग्सले यो वर्ष विश्वकप आयोजना गर्न मुश्किल हुने बताईसकेका छन् ।
जसमा उनले १६ टिमलाई एक ठाउँमा ल्याउन चुनौतीपूर्ण रहने उल्लेख गरेका छन् । विश्वकप स्थगित नभईसकेको अवस्थामा टिमलाई कसरी ल्याउन सकिन्छ भनेर क्रिकेट अष्ट्रेलियाले कोशिस गरिरहेको भने पनि त्यो उनको भनाई केवल बोलाईमा मात्र सिमित देखिन्छ ।
केही देशहरुमा अझैं कोरोनाको संकट बढ्दो क्रममा रहेको हुँदा यस्तोमा विश्वकप आयोजना गर्न मुश्किल हुने उनको धारणा छ । यो सङ्केतनै प्रयाप्त हुन सक्छ ।
कुरा यस्तो भएपनि कम नाफामुलक स्थितिमा आयोजना गर्न अष्ट्रेलियालाई त्यति जागर चलेको छैन । यो अवस्थामा विश्वकप गराएको खण्डमा अष्ट्रेलियालाई ब्याबसाहिक हिसाबले उल्लेख्य साथ दिदैंन ।
तसर्थ माहोल सुधारपछि विश्वकप आयोजना गर्न स्वयम् अष्ट्रेलियाले अहिले लभिङ जारी राखेको छ । तर सोच ठूलो कुरा हो । दायाँबायाँ नसोच्ने हो भने विश्वकप खाली रंगशालामा निर्धारित समयमा हुन् सक्छ । पछिल्लो समय विश्व खेलकुदको सबैभन्दा चर्चित खेल फुटबल मैदानमा फर्किसकेको छ र फुटबलसँगै अन्य खेलहरु पनि फर्किने क्रममा रहेका छन् ।
अझैं केहि समय रहेको हुँदा कोरोना रोकथाम र नियन्त्रणमा केही उल्लेखनीय कदम यसबीचमा हुन गएमा सम्भव रहेको छ । यस्तो आईसीसीलाई लागिरहेको छ ।
त्यसैको ख्याल गर्दै आईसीसीले पनि आफ्नो आधिकारिक निर्णयका गर्नका लागि अझैं पर्खिरहेको हो ।
यता अष्ट्रेलियाका यस्ता कुरा छन् भने उता विश्व क्रिकेटको पावर हाउस भारत भने विश्वकप भन्दा पनि आफ्नो ईन्डियन प्रिमियर लिग ( आईपीएल ) लाई प्राथमिकता दिईरहेको छ ।
प्राथमिकताका साथ उसले आईसीसीलाई पहिले आईपीएल त्यसपछि विश्वकप गर्नका लागि ठूलो दबाब दिईरहेको भन्ने पनि छ ।
यसमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई ) विना दर्शक भएपनि आईपीएल गराउनका लागि मरिहत्ते गरिरहेको छ । आईपीएलबाट करिव – करिव ४ हजार करोड आम्दानी गर्न बीसीसीआई जसरी पनि गर्ने सोचमा रहेको छ ।
बोर्डका अध्यक्ष सौरभ गांगुलीले यसबीचमा आफ्नो तयारी जारी रहेको बताईसकेका छन् । यस्तोमा आईपीएल हुने स्पष्ट हुँदा पछिल्ला क्रिकेटका गतिविधि तथा चलखेललाई अवलोकन गर्दा विश्वकप निर्धारित मितिमा हुने सम्भावना कमजोर बनेर गएको छ ।
– एजेन्सीको सहयोगमा