चर्चित क्रिकेट खेलाडी अफ्रिदीमा कोरोना सक्रमण पुष्टि : उनि भन्छन् ‘प्राथनाको आवश्यकता छ ’
एजेन्सी – चर्चित पाकिस्तानी क्रिकेट खेलाडी शाहिद अफ्रिदी कोरोना भाइरस ( कोभिड-१९ )बाट सक्रमित हुन् पुगेका छन् ।
शनिबार अफ्रिदीले आफ्नो सामाजिक संजाल टुईटरमार्फत आफू सक्रमित भएको पुष्टि गरेका हुन् ।
बुम- बुम अफ्रिदीबाट विश्व चर्चित कीर्तिमानी खेलाडी उनले उक्त टुईटमा बिहिबार देखि आफुमा अस्वस्थ महसुस भएको र शरीर पनि पूर्णरुपमा दुखिरहेको र प्ररिक्षण गर्दा पोजिटिभ देखिएको उल्लेख गरेका छन् ।
पोजेटिभ देखिएपछि उनले आफू स्वस्थ हुनका लागि प्रार्थनाको आवश्यकता रहेको बताएका छन् ।
यसअघि फुटबल क्षेत्रका चर्चित अनुहार यस भाइरसबाट सक्रमित भएको भएपनि क्रिकेट क्षेत्रमा भने यो स्तरको खेलाडी सक्रमित भएको पहिलो हो ।
आधुनिक क्रिकेटमा अफ्रिदीको ठूलो नाम रहेको छ । उनको खेल्ने शैलीबाट विश्वजगत परिचित छ । लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा समय बिताएका अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट , ३९८ एकदिवसीय र ९९ टी – ट्वान्टी खेल खेलेका छन् ।
सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेका उनले सन् २०१८ सम्म राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गरे । पूर्व कप्तान समेत रहेका उनले यस विशाल क्रिकेटिङ यात्रामा ठूलो योगदान समेत पुर्याउन सफल भए । तसर्थ पाकिस्तानी क्रिकेटमा उनको योगदान अतुलनीय मानिन्छ ।