ईङ्ल्यान्ड र नेदरल्यान्ड यात्रा को तयारी मा जुटयो नेपाली क्रीकेट टोलि : बन्द प्रशिक्षकका लागि राष्ट्रिय टोलीको समेत घोषणा

ईङ्ल्यान्ड र नेदरल्यान्ड यात्रा को तयारी मा जुटयो नेपाली क्रीकेट टोलि : बन्द प्रशिक्षकका लागि राष्ट्रिय टोलीको समेत घोषणा

असार २२ , अनलाईन खेलखबर || आगामी जुलाई २९ तारीख देखि ईङ्ल्यान्ड स्थित लर्ड्स मा हुन गईरहेको नेपाल नेदरल्याण्ड्स र एसीसी सँग हुने त्रिकोणात्मक टी-२० सीरिज का लागि आज २० सदस्यीय नेपाली क्रीकेट टोलि को घोषणा गरिएको छ । अब टोलि ले अन्तिम तयारी स्वरुप बन्द प्रशिक्षण गर्नेछ ।


अासीसीका प्रतिनिधी अमिन्यूल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मेलित छनोट टोलीले आज २० सदस्यीय बन्द प्रशिक्षणमा सहभागी हुने टोलीको घोषणा गरेको हो ।

 

आज सार्बजनिक नामबलि अनुसार बन्द प्रशिक्षणमा पहिलो पटक हरी क्षेत्रीले स्थान बनाएका छन भने विनोद भण्डारी, प्रदीप ऐरी र सुवास खकुरेल ले टिम मा कमब्याक गर्न सफल भएका छ्न । केही महिना अघि मात्रै राजधानी मा र्राष्ट्रिय खेलकुद परिषद को आयोजना मा भएको नेपाल को सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप मा मा हरि , बिनोद , प्रदिप र सुबाश ले राम्रो प्रंदशन गरेका थिए ।

चोटिल का कारण सुबाश ले लामो समय टिम बाहिर रहेका थिए भने बिनोद भन्डारी र प्रदिप एरि को भने यसअघि प्रंदशन उल्लेख्य हुन सकिरहेको थिएन , टिम मा कमब्याक गर्न प्रधानमन्त्री कप माध्यम को रुपमा साबित हुन पुग्यो ।। भने पहिलो पटक र्राष्ट्रिय टोलि को बन्द प्रशिक्षण मा परेका हरि चौहान ले प्रधानमन्त्री कप मा उत्कृष्ट प्रदशन गरेका थिए उनले एकै खेलमा सतक तथा ह्याटरिक लिदै घरेलु क्रीकेट मा सनसनि पैदा गरेका थिए ।

 

बन्द प्रशिक्षणका लागि छनोटमा परेका खेलाडीहरुमा कप्तान पारस खडका सहित ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी , शरद भेषवाकर, शक्ति गौचन, अनिल कुमार शाह, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुशन भारी र हरि क्षेत्री र सुनिल धमला रहेका छन्।

अब नेपाली क्रीकेट टोलि ले सनिवार देखि नै बन्द प्रशिक्षण गर्नेछ । लर्डस मा खेली सकेपछी नेपाल ले आगामी महिना को अगष्ट १ र ३ तारिख मा नेदरल्यान्ड्मा आयोजना हुने आफ्नो डेब्यु एकदिवशिय खेल पनि खेल्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *