इंग्ल्यान्डसँगको सिरिजका लागि पाकिस्तानी टोलीको घोषणा
एजेन्सी – इंग्ल्यान्ड भ्रमणका लागि पाकिस्तान क्रिकेट बोर्डले आफ्नो टोलीको घोषणा गरेको छ ।
पाकिस्तान र इंग्ल्यान्डबीच केही महिना पछि तीन टेस्ट तथा तीन टि – ट्वान्टी सिरज हुँदैछ । कोरोनाका कारण बीचमा रोकिएको क्रिकेट गतिविधिलाई पुनः सुचारु गर्दै प्रशिक्षणमा जुटेनका लागि पाकिस्तान बोर्डले चाडैंनै टोलीको घोषणा गरेको हो ।
बोर्डले जारी गरेको टोली घोषणा अनुसार २९ सदस्य टोलीमा पाकिस्तानको टेष्टको कप्तानी अजहर अलीले गर्नेछन् भने टी- २० तर्फ कप्तानीको जिम्मेवारी बाबर आजमले पाएका छन् । बाबर टेस्टतर्फ उप – कप्तान रहेका छन् ।
यता टोलीले यसपटक युवामाथी धेरै विश्वास गरेको छ । जसअन्तर्गत हैदर अलीले पहिलोपटक टोलीमा समाबेश हुँदा काशिफ भट्टीले पनि टिममा स्थान बनाएका छन् ।
भने पूर्व कप्तान सरफराज अहमदले पनि टोलीमा पुनरागमन गर्न सफल भएका छन् । कप्तानीबाट हटाएपछि उनि पहिलोपटक टोलीमा समावेश भएका हुन् ।
पाकिस्तान टोली – अजहर अली, बाबर आजम, आबिद अली, फखर जमान, इमाम-उल-हक, शान मसूद, असद शफीक, फवाद आलम, हैदर अली, इफ्तिखार अहमद, खुश्दिल शाह, मोहम्मद हफीज, शोएब मलिक, मोहम्मद रिजवान, सरफराज अहमद, फहीम अशरफ , हरिस रउफ, इमरान खान, मोहम्मद अब्बास, मोहम्मद हसनैन, नसीम शाह, शाहीन अफरीदी, सोहेल खान, उस्मान शिन्वारी, वहाब रियाज, इमाद वसीम, काशिफ भट्टी, शादाब खान र यासिर शाह