नेपालले स्कटल्यान्डमा खेल्ने भनिएको त्रिकोणात्मक सिरिज पनि स्थगित

नेपालले स्कटल्यान्डमा खेल्ने भनिएको त्रिकोणात्मक सिरिज पनि स्थगित

काठमाडौं (अनलाइन खेलखबर ) । आईसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत नेपालले अब स्कटल्यान्डमा खेल्ने भनिएको एकदिवसीय सिरिज स्थगित हुन् पुगेको छ ।

हाल विश्वभर माहामारीका रुपमा देखा परिरहेको स्वास्थ्य संकट कोरोना भाइरस ( कोभिड -१९ ) कै कारण सिरिज स्थगित हुन् पुगेको आईसीसीले जानकारी गराएको छ ।

आईसीसीको तालिका अनुसार जुलाई ४ देखि ११ सम्म स्कटल्यान्डमा घरेलु टोली स्कटल्यान्डसँगै नेपाल र नामिबियाबीच त्रिकोणात्मक ६ खेलको सिरिज खेल्ने रहेको थियो ।

लिग -२ अन्तर्गत नेपालले अहिलेसम्म ४ खेल खेलेको छ । जसमा केही महिना अघि नेपालले अमेरिका र ओमानलाई घरेलु मैदानमा स्वागत गरेको थियो । जसमा नेपालले अमेरिकालाई दुबै खेलमा पराजित गर्दा ओमानसँग भने दुबै खेलमा पराजित भएको थियो ।

सन् २०२३ को एकदिवसीय विश्वकप छ्नोटको बाटोसमेत रहेको यस लिग -२ मा अबको तालिकाको कुनै टुंगो छैन । त्यसका लागि कोरोनाको अवस्थामा सुधार भने आउनु आवस्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *