टि- ट्वान्टी विश्वकपको भविष्य अझैं अन्योलमा

टि- ट्वान्टी विश्वकपको भविष्य अझैं अन्योलमा

एजेन्सी – अबको केही महिना अर्थात् अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा तय भएको आईसीसी टि- ट्वान्टी विश्वकपको भविष्य अझै अन्योलमा परेको छ ।

हाल विश्वभर स्वास्थ्य संकटका रुपमा देखा परिरहेको कोरोना भाइरस ( कोभिड -१९ ) का कारण विश्वकपको निर्धारित मितिमा गर्न सकिन्छ या सकिदैन भन्ने विषयमा अहिले क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी) ले आफ्नो आन्तरिक छलफल जारी राखेको छ ।

विश्वकप लगायत क्रिकेटका अन्य कुरामाथि निर्णय गर्नका लागि बुधबार भिडियो कन्फ्रेन्समार्फत बसेको आईसीसीको बैठकले यस बारेमा एक महिना पछि निर्णय गर्ने गरि बैठक समाप्त गरेको छ ।

यस्तै एक महिना पछि हुने बैठकमा अर्को वर्ष हुने एकदिवसीय महिला विश्वकपको बारेमा पनि फैसला गर्ने भनिएको छ ।

यता आईसीसीले टि- ट्वान्टी विश्वकपसँगै अर्को वर्षको महिला विश्वकपको लागि निर्धारित समयमा नै होस् भनेर तयारी भने गरिरहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *