गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ७ करोड १४ लाख रकम प्राप्त
काठमाडौं (अनलाइन खेलखबर )। धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ७ करोड १४ लाख रकम प्राप्त भएको छ ।
गत माघको १९ गतेदेखि २७ गतेसम्म निर्माण सहयोगार्थ आयोजित महायज्ञबाट बोलकबोल सहितको ६९ करोड ४० लाख ५६ हजार रकम मध्यमा हालसम्म सङ्कलित ७ करोड १४ लाख रकम सोमबार महायज्ञ मुल समारोह समितिका संयोजक सांसद विजय सुवेदीलले फाउन्डेसनलाई हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरणका क्रममा समितिका सदस्यहरु ,भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको समेत उपस्थिति रहेको थियो ।
यता कोरोना भाइरसको कारण चैतबाट रोकिएको निर्माण कार्य केही दिनअघिबाट भने नेपाल सरकारले सुझायका स्वास्थ सुरक्षाका नितिहरु अपनाउदै आशिंक रुपमा निर्माण कार्यलाई निरन्तरता दिएको फाउन्डेसनले जानकारी गराएको छ ।