दुई नयाँ अनुहारसहित वेस्ट ईन्डिज टोलीको घोषणा

दुई नयाँ अनुहारसहित वेस्ट ईन्डिज टोलीको घोषणा

एजेन्सी— अर्को महिना इंग्ल्यान्डसँग हुने तीन टेष्ट सिरिजको लागि वेस्ट ईन्डिजले आफ्नो टोलीको घोषणा गरेको छ ।

बुधबार जेसन होल्डरको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा वेस्टइन्डिज क्रिकेट बोर्डले गरेको छ । सिरिजका लागि बोर्डले ११ जना खेलाडीहरुलाई रिजर्भमा राखेको छ ।

टोलीमा अन्य खेलाडीहरु पुरानै अनुहार भएपनी दुईजना खेलाडी मध्यक्रमका ब्याट्सम्यान नक्रमाह बोनर र तीब्र गतिका बलर चेमार होल्डरलाई पहिलोपटक टेस्ट टोलीमा समाबेश गरेको छ ।

हाल विश्वभर महामारीका रुपमा देखा परिरहेको कोरोना भाइरसका कारण वेस्ट ईन्डिज टोली जुन ९ मा ईंग्ल्यान्ड पुग्ने तालिका रहेको छ । र त्यहाँ टोली करिब ३ हप्ता क्वारेन्टाइनमा बसेपछि मैदानमा फर्किने छ ।

इंग्ल्यान्ड क्रिकेट बोर्डका अनुसार खेल सम्भवत जुलाईको पहिलो हप्तापछि हुनेछ । अहिले सिरिजका लागि बोर्डले इंग्ल्यान्डको सरकारलाई अनुमतीका लागि प्रस्ताव अगाडी बडाएको भएपनी हालसम्म
स्वीकृती भने दिएको छैन । र खेल पुर्ण बन्द रंगशालामा हुनेछ ।

वेस्ट ईन्डिज टोली – जेसन होल्डर (कप्तान ),जेर्मेन ब्ल्याकवुड, नक्रमाह बोनर, क्राइग ब्रेथवेट, शमर ब्रूक्स, जोन क्याम्पबेल, रोस्टन चेज, रहकिम कोर्नवाल, शेन डोरीच, चेमर होल्डर, शाई होप, अल्जार जोसेफ, रेमन राइफर र केमर रोच

रिजर्भ खेलाडीहरु : सुनील अम्ब्रिस,जोशुआ दा सिल्भा, श्यानन गेब्रियल, केन हार्डिंग, काइल मेयर्स, प्रेस्टन म्याकसुइन, मार्क्विनो मिन्डले, शेन मोसेली, एन्डरसन फिलिप, ओशने थॉमस र जोमेल वेरिकन

Leave a Reply

Your email address will not be published. Required fields are marked *