आवस्यक परे सहयोग गर्न तयार छौं – दाङ क्रिकेट संघ

आवस्यक परे सहयोग गर्न तयार छौं – दाङ क्रिकेट संघ

दाङ (अनलाइन खेलखबर ) । दाङ क्रिकेट संघले हाल विश्वसँगै नेपालमा देखा परिरहेको स्वास्थ्य संकट कोरोना भाइरस (कोभिड -१९ ) का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै संघसँग आवद्व खेलाडीहरु , प्रशिक्षक, पदाधिकारीहरुलाई आवस्यक परेको खण्डमा विशेष सहयोग प्याकेज ब्यवस्था गर्ने घोषणा गरेको छ ।

सोमबार भिडियो कन्फ्रेन्समार्फत बसेको संघको बैठकले उक्त कुराको निर्णय गरेको थियो । यसका लागि संघले आन्तरिक अध्ययन गर्ने र सहयोग गर्नु पर्ने अवस्था देखिएमा संघ सहयोग गर्न पछि नहट्ने उल्लेख गरेको छ ।

यस्तै संघले स्थानिय प्रशासनसँग समन्वय गरी जिल्लामा रहेका राष्ट्रिय खेलाडीहरुलाई सुरक्षित तरिकाले अभ्यास गर्न बाताबरण समेत मिलाउने निर्णय गरेको संघका अध्यक्ष प्रदीप मजगैयाले अनलाइन खेलखबरलाई बताए ।

यस्तै बैठकमार्फत घोराही-१७ मा संघले आफ्नो कार्यलय संचालनमा ल्याउने तयारी गर्न निर्णयसमेत क्रिकेट संघ दाङले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *