आजबाट श्रीलंकन क्रिकेट टोली प्रशिक्षणमा जुट्ने

आजबाट श्रीलंकन क्रिकेट टोली प्रशिक्षणमा जुट्ने

एजेन्सी – कोरोना भाइरस ( कोभिड -१९ ) का कारण रोकिएको क्रिकेट गतिविधिपनि अब क्रमश: फर्किने क्रममा रहेको छ । यसबीचमा दक्षिण एसियायी मुलुक श्रीलंकाले आज सोमबारदेखि आफ्नो आन्तरिक प्रशिक्षण सुरु गर्ने भएको छ ।

भाइरसका कारण टोली करिब साढे दुई महिना पछि आजदेखि प्रशिक्षणमा जुट्ने छ । जसमा पुरुष राष्ट्रिय टोलीमा रहेका १३ खेलाडीले मात्र प्रशिक्षण गर्नेछन् ।

क्रिकेट श्रीलंकाका अनुसार प्रशिक्षण केवल १२ दिनका लागि हुने र पछि कसरी जाँने भन्ने बिषयमा आफूहरुले आन्तरिक छ्लफल गरिरहेको बताएको छ ।

प्रशिक्षणका दौरान खेलाडीहरुले दुरीसँगै सुरक्षाका उपायहरु अपनाउँने छन् । पहिलो दिन आज सोमबार श्रीलंकाको राजधानीको एक होटेलमा फिटनेस सत्र हुने र टोली मंगलबार मैदानमा गएर प्रशिक्षण गर्ने बताईएको छ ।

कोरानाका कारण मार्चमा तय भएको इंग्ल्यान्ड सँगको खेल पनि स्थगित हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *