विराट भन्छन् ,‘म आफ्नो बायोपिकमा खेल्न तयार छु तर अनुष्काको पनि साथ चाहिन्छ’ 

विराट भन्छन् ,‘म आफ्नो बायोपिकमा खेल्न तयार छु तर अनुष्काको पनि साथ चाहिन्छ’ 

एजेन्सी – भारतिय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो बायोपिक(जिवनमा आधारित) फिल्ममा काम गर्ने सक्ने बताएका छन् ।

भारतिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीसँग ईस्टाग्राममा कुराकानी गर्ने क्रममा कोहलीले उक्त जानकारी गराएका थिए । जसमा उनको श्रीमतीसमेत रहेकी अनुष्का शर्माले फिल्ममा साथ दिएको खण्डमा बापोयिकमा बन्न सक्ने उनले भनेका थिए ।

ईस्टाग्राम लाईभमा अन्य धेरै कुराहरु भएका थिए । त्यसमध्य विराटले विषेशगरी आफ्नो श्रीमती अनुष्काको खुलेरै तारिफ गरेका थिए ।

‘आज म जस्तो छु , त्यसको धेरै श्रेय अनुष्कालाई पनि जान्छ । म पहिले यस्तो थिएन । उनको आगमनले मलाई सकारात्मक उर्जा सदैभ प्राप्त हुन्छ’ । उनी भन्छन् ।

विराट र अनुष्काको जोडी विश्वको सुन्दर जोडीको रुपमा लिने गरिन्छ । दुबै आफ्नो आफ्नो क्षेत्रमा निकै सफल पनि छन् । अनुष्कालाई अभिनयमा अब्बल नायिकाको रुपमा बलियुडमा लिने गरिन्छ । उनका कयौं फिल्मले राम्रो प्रभाव छोड्न सफल पनि भएका छन् ।

विराट र अनुष्का सन् २०१७ मा विवाह बन्धनमा बाधिएका थिए । विवाह ईटालीमा भएको थियो । जहाँ दुबैको परिवारको मात्र सहभागिता रहेको थियो भने पछि मुम्बईमा
रिसेप्शन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *