गुलरिया क्रिकेट मैदानको भवनमाथि तोडफोड : दाङ क्रिकेटद्वारा घटनाको घोर भर्त्सना

गुलरिया क्रिकेट मैदानको भवनमाथि तोडफोड : दाङ क्रिकेटद्वारा घटनाको घोर भर्त्सना

दाङ (अनलाइन खेलखबर )। दाङ जिल्ला घोराहीस्थित निर्माणाधिन गुलरिया क्रिकेट मैदानको भवनमाथि अज्ञात समूहले तोडफोड गरेको छ ।

दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले अनलाइन खेलखबरसँग घटना बारे कुरा गर्दै घटना आईतबार राती भएको हुन् सक्ने र आफूहरुले सोमबार मात्र थाहा पाएको बताएका छन् ।

तोडफोडका क्रममा मैदानमा रहेको भवनको झ्यालमा क्षति पुगेको छ । झ्यालका सिसा फुटाईएको छ । बाँकी कुरामाथि भने त्यस्तो क्षति त भएको छैन। तर सार्वजनिक सम्पती भएको हुँदा घटनालाई दाङ क्रिकेट संघले सामान्य रुपमा लिएको छैन ।

उक्त घटनालाई लिएर दाङ क्रिकेट संघले निन्दा एवं भर्त्सना समेत गरिसकेको छ । घटनालाई लिएर संघले नेपाल प्रहरीलाई पनि जानकारी गराएको र अब कस्ले र किन तोडफोड गर्यो भन्ने कुरा प्रहरीको अनुसन्धान पछि चाडैं थाहा पाउँने उनले विश्वास ब्यक्त गरेका छन् ।

तर प्रारम्भिक रुपमा हेर्दा घटना मैदान विकाश विरोधीहरुले गर्न सक्ने उनको प्रारम्भिक अनुमान भने छ ।

२०७२ साल देखि निर्माण सुरु भएको यो मैदान अहिले निर्माणको क्रममा छ । दाङ क्रिकेटको गौरवको परियोजना समेत रहेको यस मैदानमा हालसम्म २ वटा क्लब स्तरिय राष्ट्रिय प्रतियोगिता र कयौं जिल्ला तथा क्षेत्रिय प्रतियोगिता समेत भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *