चार्टर्ड विमानमार्फत पाकिस्तानी टोली जुलाईमा इंग्ल्यान्ड जाने

चार्टर्ड विमानमार्फत पाकिस्तानी टोली जुलाईमा इंग्ल्यान्ड जाने

एजेन्सी – पाकिस्तान क्रिकेट टोली जुलाई महिनामा इंग्ल्यान्ड भ्रमणमा जाने भएको छ ।

जसकालागि अहिले पाकिस्तानी टोलीलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अहिले अनुमति समेत दिएको छ ।

पाकिस्तान टोली सिरिज सुरु हुनु भन्दा केही हप्ता अघिनै पुग्नेछन् । उनिहरु पाकिस्तानबाट चार्टर्ड विमानमार्फत सिधा इंग्ल्यान्ड पुग्नेछन् र त्यहाँ क्वारेन्टाइनमा समेत रहने छन् ।

दुबै टोलीका खेलाडी र अफिसियल क्वारेन्टाइनमा बसेपछी कोरोनाको जाँच गरेर मात्र सिरिजमा सहभागि जनाउँने छन् । र दर्शकविनानै खाली मैदानमा खेल खेल्नेछन् ।

पीसीबीका अनुसार टोलीमा सबैको ईक्छा अनुसार टोलीमा समाबेश गरिने छ । यदी टोलीका कुनै खेलाडीले स्वास्थ्यलाई लिएर जाने कुरामा ईक्छा देखाउँदैन भने हामी उसको ईक्छालाई कदर गर्दै उसलाई अनुशासनको कार्वाही नगर्ने समेत उल्लेख गरेको छ ।

पीसीबी यस कुरामा स्पष्ट रहदै खेलाडीको स्वास्थ्य र सुरक्षा सबैभन्दा ठूलो प्राथमिकता रहेको हुँदा उनिहरुलाई मेडिकल स्टार्फले विषेश रुपमा नियमित जाँच गर्ने समेत उल्लेख गरेको छ ।

सिरिज जुलाई अन्तिम देखि २ सेप्टेम्बरसम्म चल्नेछ । जसअन्तर्गत ३ टेस्ट,३ एकदिवसीय र ३ टि – ट्वान्टी खेल हुँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *