खेलाडीको तलब कटौती हामी गर्दैनौं – बीसीसीआई
एजेन्सी – भारतिय क्रिकेट कन्ट्रोल बोर्ड ( बीसीसीआई) ले खेलाडीको तलब कटौती नगर्ने बताएको छ ।
हाल विश्वभर माहामारी रुपमा देखा परिरहेको कोरोना भाइरसका कारण करिब दुई महिना जतिबाट क्रिकेट गतिविधि ठ्प्प भएको अवस्थामा आर्थिक संकट देखिन थालेको छ ।
यसबीचमा अन्य केही देशले खेलाडीको तलब तलमाथि हुन सक्ने बताईरहदा भारतले भने स्पष्ट रुपमा तलबमा फेरबदल नगरिने बताएको छ ।
बोर्डका कोषाध्यक्ष अरुण धूमलका अनुसार अन्य खर्चहरुमा भने बोर्डले विचार गर्ने सोच बनाईरहेको भएतापनी खेलाडीहरुले तलब पूर्व निर्धारित अनुसार पाउँने छन् ।
भारतिय क्रिकेट कन्ट्रोल बोर्ड विश्वको सर्वाधिक कमाई गर्ने बोर्डमा पर्छ । जसको मुख्य आयस्रोत ईन्डियन प्रिमियर लिग ( आईपीएल ) हो ।