‘हामीलाई लागेको थियो सुरुमा महिला टोलीले विश्वकप खेल्नेछ’ – पूर्व कप्तान लेखबहादुर क्षेत्री
काठमाडौं( अनलाइन खेलखबर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली महिला क्रिकेटका प्रमुख योजनाकार समेत रहेका लेखबहादुर क्षेत्रीले नेपालको महिला टोलीले त्यसबेला सुरुमा विश्वकप खेल्ने आफूहरुलाई लागेको बताएका छन् ।
मंगलबार नेपालको डिजिटल खेल पत्रीका अनलाइन खेलखबरको सामाजिक संजाल फेसबुकमार्फत आफ्नो कुराहरु राख्ने क्रममा उनले उक्त कुराको जिकिर गरेका थिए ।
सन् २००७ बाट अन्तराष्ट्रिय क्रिकेटमा पाईला चालेको नेपाली महिला टोलीले त्यसबेला देखि योजनाबद्व तरिकाले अगाडी बढेको भए ,पुरुषले भन्दा पहिले विश्वकप खेल्थ्यो । उनि बताउँछन् ।
तर दुभाग्यबस् सन् २०१०–११ पछि जून किसिमको स्थिती देखियो । दुईपटकको एसीसी यू–१९ च्यापियन समेत रहेको महिला क्रिकेट क्रमश : ओरालो लाग्दै गयो ।
त्यो बेला प्रतिभावान खेलाडी हुँदा हुँदै पनि सिथिल र न्युन स्थितीमा गईसकेको अवस्थामा सन् २०१९ मा थाईल्यान्डमा भएको प्रतियोगिताले अलिकति फेरी महिला क्रिकेट फर्किन खोजिरहेको छ ।
तर निश्चित रुपमा खेलाडीहरुको भविष्य कस्तो रहेको छ ? केहिले एपीएफबाट जागिर पाएता पनि , अन्य खेलाडीहरुको अवस्था के छ ? यसलाई कुनै निकायले नसोचिदिँदा पलायन हुने स्थितीहरु आएको देख्दा उनि दुख प्रकट गर्छन् ।
कतिपयले त दुख–सुख गरेर राष्ट्रप्रती खेलेका छौं भनेर खेलिरहेका छन् । कसैको बुवा – आमाको ब्याकअप होला । तर कतिले सक्छ यो नेपालमा खेलकुदमा लागेर, त्यसैले खेलाडीलाई खेलमा लागि रहन् सामाजिक सुरक्षा ग्यारेन्टी गरिनुपर्छ। उनि भन्छन् ।
हालै नेपाल क्रिकेट संघ ( क्यान) ले महिला खेलाडीहरुलाई ग्रेडिङ प्रकियामार्फत पहिलोपटक तलब दिने प्रस्ताव अगाडी बडाएको प्रति त्यसलाई सकारात्मक रुपमा लिदै जो हिजोका दिनहरुबाट संघर्ष गर्दै आजका दिनहरुमा समेत खेलिरहेका छन् उनिहरुलाई प्राथमिकतामा राख्दै ग्रेडिङ गरिनुपर्ने र पछि प्रदर्शनका आधारमा गर्नुपर्ने उनको धारणा रहेको छ ।
सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गर्दा क्षेत्री टिमका महत्वपूर्ण सदस्य थिए । १९९८ मा उनि राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका थिए । अघिल्लो वर्ष उनको आत्मकथा कप्तान १९९८ पनि प्रकाशित भएको थियो ।