
विश्वकप जित्नु विराटका लागि सबैभन्दा अविस्मरणीय क्षण
एजेन्सी – भारतिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आफ्नो सबैभन्दा ठूलो अविस्मरणीय क्षण सन् २०११ को विश्वकप जित्नु रहेको बताएका छन् ।
भारतिय चर्चित स्पोर्ट्स टेलिभिजन स्टार स्पोर्ट्सको एक कार्यक्रमका दौरान कोहलीले उक्त कुरा व्यक्त गरेका थिए ।
भारतले त्यसबेला श्रीलंकालाई ६ विकेटले पराजित गर्दै २८ वर्षपछि एकदिवसीय विश्वकप आफ्नो नाममा लेखाउँन सफल भएको थियो ।
भारत ,बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपको फाइनल खेल मुम्बईस्थित वानखेड़े स्टेडियममा भएको थियो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभर पूरै खेल्दै ६ विकेटको क्षतिमा २ सय ७४ रनको योगफल खडा गरेको थियो ।
त्यसपछि घरेलु मैदानमा , घरेलु समर्थकसामु श्रीलंकाले प्रस्तुत गरेको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले उक्त चुनौतीलाई ४८.२ ओभरमा मात्र ४ विकेटले पूरा गर्दै इतिहास रचेको थियो ।
फाइनलमा गौतम गम्भीरले ९७ रन बनाउँदा तत्कालीन टिमका कप्तान महेन्द्र सिंह धोनीले अविजित रह्दै ९१ रन बनाएका थिए । भने विराट कोहलीले ३५ रन जोडेका थिए ।
यस्तै विश्वकप जित्नुपछि विराटको अविस्मरणीय क्षणमा सन् २०१६ को टि – ट्वान्टी विश्वकप दौरान अष्ट्रेलियामाथिको जित पनि एक हो । त्यसबेला विराटले टिमलाई जिताउँदै सेमिफाइनल पुर्याउँने क्रममा अविजित रहदै ८२ रनको पारी खेलेका थिए ।