onlinekhelkhabar.com

Complete website for Nepali Sports News

टि -१० लिग नोभेम्बरमा हुँने

एजेन्सी – युएईमा हुँदै आएको विश्व क्रिकेटको चर्चित छोटो ढाँचाको टि -१० लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण आगामी नोभेम्बर १९ देखि २८ तारिखसम्म हुँने भएको छ ।

यसअघिका तीन संस्करणमा राम्रो चर्चा र प्रतिक्रिया पाएको टि -१० लिगका लागि आयोजकले तयारी सुरु गरेको उल्लेख गरेको छ ।

अघिल्लो संस्करणको टि -१० मा नेपालका पूर्व कप्तान पारस खड्का र युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले समेत खेलेका थिए ।

जसमा पारस टिम अबुधाविमा रहेका थिए ।उनलाई टिमले १० हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो । यस्तै सन्दीपलाई कर्नाटक टस्कर्सले ४५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो ।

प्रतियोगितामा भने सन्दीपको कर्नाटका टस्कर्स र पारसको टिम आबुधाबी सुपर लिगबाटै बाहिरिएका थिए ।

मौका दुबैले राम्रोसँग पाएनन सन्दीपले प्रतियोगितामा ५ खेल खेले भने पारसले मात्र ३ खेल खेले । सन्दिपले ५ विकेट लिदा पारसले ४ रन र १ विकेट लिन सफल भएका थिए ।

यता प्रतियोगिताको उपाधि ड्वेन ब्राभोको कप्तानीमा रहेको मराठा अरबीयन्सले उचालेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *