केन विलियम्सन वर्षको उत्कृष्ट एकदिवसीय क्रिकेटर घोषित

केन विलियम्सन वर्षको उत्कृष्ट एकदिवसीय क्रिकेटर घोषित

एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियम्सन वर्षको उत्कृष्ट एकदिवसीय क्रिकेटर चुनिएका छन् ।

न्युजिल्यान्ड क्रिकेटले प्रत्येक वर्ष प्रदान गर्दै आएको अवार्डमा यस वर्षको उत्कृष्ट एकदिवसीय क्रिकेटरका रुपमा विलियम्सन
चुनिएका हुन् ।

गत वर्ष इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपका दौरान टिमलाई विश्वकपको फाइनलसम्म पुर्याउँन उनको ठूलो भूमिका रहेको थियो ।

लण्डनस्थित लर्डस क्रिकेट मैदानमा निकै रोमान्चक बनेको फाइनलमा न्युजिल्यान्ड इंग्ल्यान्डसँग सुपर ओभरमा पराजित भएपनि विलियम्सनको कप्तानी र प्रदर्शन निकै सानदार रहेको थियो ।

त्यसैको फलस्वरुप सोही कुरालाई मध्यनजर गर्दै न्युजिल्यान्ड क्रिकेटले उनलाई वर्षको उत्कृष्ट एकदिवसीय खेलाडीको रुपमा घोषित गरेको हो ।

उनले एकदिवसीय विश्वकप दौरान ५७८ रन बनाउँदा विश्वकपको सर्वोउत्कृष्ट खेलाडीसमेत हुन् पुगेका थिए ।

यस्तै उनिसँगै महिलातर्फ सूजी बेट्स वर्ष खेलाडी घोषित हुन् पुगेकी छिन् । भने टि – ट्वान्टीतर्फ रोस टेलर र महिलाबाट सोफी डिवाइन उत्कृष्ट खेलाडी घोषित भएकी छिन ।

यता अवार्डलाई कोरोना भाइरसका कारण अनलाइनमार्फत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *