सचिनलाई नजिकबाट नियाल्दा …

सचिनलाई नजिकबाट नियाल्दा …

सलमान शाह (अनलाइन खेलखबर ) । विश्व क्रिकेटका महान खेलाडीमध्यका एक सचिन तेन्दुलकर केही महिना अघि नेपाल भ्रमणमा आएका थिए ।

अघिल्लो वर्षको कार्तिक २९ गते शुक्रबार राती नेपाल आएका सचिनले अर्को दिन शनिबार नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बाल – बालिकाहरुसँग क्रिकेटसमेत खेलेका थिए ।

युनाईटेड नेशन ईन्टरनेशनल चिल्ड्रेन ईमर्जन्सी फन्ड ( युनिसेफ ) का सद्भावना दूत समेत रहेका सचिन सोही संस्थाको कार्यक्रमका दौरान नेपाल आईपुगेका थिए ।

जसअन्तर्गत संस्थाले बाल अधिकार महासन्धी पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट खेलमा उनले सहभागिता जनाएका थिए ।

सचिन नेपाल आउँनुअघि युनिसेफ नेपालले त्यति राम्रोसँग जानकारी गराएको भने थिएन । आउँने ठिक केही दिनअघि मात्र संस्थाले आउँने कुरालाई पुष्टि गरेको थियो ।

त्यसअघिनै सचिन नेपाल आउँने भनेर खबरहरु बाहिरीसकेका थिए । खबर बाहिरीसकेपछि क्रिकेट पारखीमा ठूलो हल्लीचल्ली हुन थालिसकेको थियो । जून उनको सफलताको परिणाम समेत हो ।

भारतमा क्रिकेटको भगवानको रुपमा धेरै समर्थकहरुले लिने सचिनका नेपालमा पनि लाखौं समर्थकहरु छन् । तसर्थ उनि नेपाल आउँने भनेपछि नेपाल सचिनको प्रतीक्षामा रहेको थियो ।

र खबर बाहिरीएको केही दिन भित्र सचिनको नेपाल आगमन समेत भयो । सचिनको पनि नेपाल पहिलो भ्रमण रहेको थियो । शनिबार को दिन नेपालमा सार्बजनिक विदा हुन्छ । त्यसकारण नेपालमा सचिनलाई नियाल्न धेरै समर्थकहरु टियु पुग्ने आशा गरिएको थियो ।

तर हाम्रो अनुमान भन्दा निकै कम समर्थकहरु सचिनलाई हेर्न टियु मैदान पुगेका थिए । त्यसको एउटै कारण थियो । सचिनलाई लिएर युनिसेफले त्यति प्रचारप्रसारको जरुरी ठानेको मानिएन ।

सचिन केबल संस्थाको कामका लागि मात्र आएको हुँदा संस्थाले त्यसलाई प्राथमिकता राखेन र आफ्नो कामप्रती उ केन्द्रित रह्यो ।

नेपालमा यो स्तरको खेलाडी आउँने भनेपछी सुरक्षाका हिसाबले निकै कडाई गरिएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति त्यहाँ देख्न सकिन्थ्यो ।

सचिन बिहान निर्धारित समयमानै मैदान प्रवेश गरे । जब उनि सवारीसाधनबाट ओर्लिदै अगाडी बढदै थिए नजर सबैको सचिनप्रती केन्द्रित थियो ।

उनि युनिसेफ अंकित पोसाकमा थिए । मुस्कुराउँदै र अभिबादन गर्दै अगाडी बढे । एकछिन उनी संस्थाको वृत्तचित्रमा आफ्ना कुराहरु राख्न ठिक पभेलियनको माथि ब्यस्त रहे । केही मिनेट बिताईसकेपछि उनि तल मैदान प्रवेश गर्दै थिए ।

मैले त्यही क्षणमा आफ्नो क्यामेरा खोले र सचिनलाई क्यामेराको लेन्सबाट पहिलोपटक मज्जैले कैद गर्न पाए । त्यो मेरो लागि पनि सौभाग्यको क्षण थियो ।

सचिन मैदान प्रवेश गरे । उनका साथसाथै केही फोटो पत्रकारहरु ,संस्थाका प्रतिनिधी,मैत्रीपूर्ण खेलका लागि तयार भएका बाल-बालिकाहरु,नेपालका खेल संस्थाका केही प्रदाधिकारी मैदान भित्र रहेका थिए ।

उनले त्यसक्रममा सबैसँग हात मिलाए । यता मिडियाकर्मीहरु सचिनलाई क्यामेरामा कैद गर्न ब्यस्त थिए । सबैमा एक किसिमको छुटै उमंग र जोश रहेको थियो ।

सचिनले क्रमश : सबैसँग हात मिलाए र छोटो मिठो कुराकानी गर्न पनि भ्याए । यसबीचमा राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) का सदस्य सचीव रमेश सिलवालले सचिनलाई मैदानमा स्वागत गरे ।

स्वागतसँगै मैदानमा नेपालको राष्ट्रिय गित सयौं थुंगा .. बज्न थाल्यो सबै उठेर सम्मान ब्यक्त गरिरहेका थिए । हाम्रो नजर सचिनमाथि नै रहेको थियो । राष्ट्रिय गित सकेपछी हतार – हतार मैत्रीपूर्ण खेलका लागि माहोल मिलाउँन युनिसेफका प्रतिनिधिहरु लागि परे । हामी भने मैदानबाहिर फर्कीयौं र क्यामेरालाई पुन : तयार पार्न थाल्यौं ।

टस भयो , सचिनको टिमले सुरुमा बलिङ गर्यो । सचिनले बल समाए , सचिनलाई हेर्न आईपुगेका सयौं समर्थकहरुबाट सचिन सचिन गुन्जिन थाल्यो ।

टियु सचिनमय बन्दै गर्दा सचिनलाई आफ्ना पुराना ती क्षण स्मरण पक्कै भयो होला भन्ने लाग्छ ।

खेलका क्रममा उनले ती बाल – बालिकालाई धेरै कुराहरु सिकाएको जस्तो , बाल- बालिकाहरुले सचिनबाट सिक्न- जान्न चाहेको जस्तो लाग्थ्यो ।

सचिन जती समय मैदानमा रहे त्यहाँ खेलिरहेका बाल – बालिकालागि सपना भन्दा बाहिर थियो जुन पूरा भएको थियो । उनिहरुको खुशीको सिमा थिएन । सचिनले सबैलाई सिकाईरहेका थिए । जून क्षण निकै प्रिय थियो ।

खेलमा सचिनको एउटा टिम थियो भने नेपालका पूर्व कप्तान विनोद दासले अर्को टिममा रहेका थिए । खेल भने सचिनको टिमले जितेको थियो ।

खेल सकिएपछि युनिसेफको कार्यक्रम मैदानको एक कर्नरमा हुँदै थियो । जसमा विनोद दासले पनि आफ्नो मन्तव्य राखेका थिए जसमा उनले सचिनलाई लिएर ठूलो सम्मान ब्यक्त गरेका थिए ।

त्यसपछि सचिनले बोल्ने क्रममा नेपाली सब्द` तपाईंहरुलाई राम्रो लाग्यो’समेत उल्लेख गरेका उनले बाल अधिकारका बारेमा , संस्था केन्द्रित नै धेरै समय खर्चिए ।

त्यो कार्यक्रम पछि उनले त्यहीँ रहेका नेपाली महिला राष्ट्रिय टिमका सदस्यहरुसँग केही समय भलाकुसारी गरेपछि उनि नेपाली संचारकर्मीसँग भेट् गर्न पभेलियन माथि आए । लिमिटेड समयका कारण उनले सिधा कुराकानी त गरेनन् तर केही संचारकर्मीले नोट गरेका प्रश्नमाथि उनले जवाफ दिए ।

सचिनलाई हेरेर क्रिकेट बुझेका हामीजस्ता युवालाई त्यो समय निकै यादगारमय बन्दै थियो । करिब १० मिटर अघि रहेका सचीनले भनेका एक – एक सब्दलाई मैले निकै ध्यान दिएर सुनेको थिए । साथमा पछि मिठो सम्झना होस् भन्ने अभिप्रायले फेसबुकमा लाईभ समेत गरेको थिए ।

त्यो लाइभ आज पनि बेला – बेलामा हेर्ने गर्छु । त्यो लाईभ भिडियोले त्यो क्षणलाई जिवित राखेको जस्तो लाग्छ ।

यसपछि सचिन फर्किए । त्यसपछि हामीहरु पनि राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को पत्रकार सम्मेलनतर्फ प्रस्थान गर्यौं । पत्रकार सम्मेलन निर्धारित समय देखि सुरु नहुँदा त्यसबीच सहकर्मीहरुसँग सचिनको टियु भ्रमणलाई लिएर अभुभव आदानप्रदान भईरहेको थियो ।

अनेक सहकर्मीका अनेक अनुभव त्यहाँ सुनियो । त्यसबीचमा नेपाली खेलकुद पत्रकारिताका आदरणीय ब्यक्तित्व महेश आचार्यले सचिनसँग फर्किने बेलामा एउटा तस्बिर कैद गर्नु भएको रहेछ ।

उहाँले आफ्नो सामाजिक संजालमा पोस्ट गरेपछी उहाँसँग अनुमती लिएर मैले पनि पोस्टाए । त्यस तस्बिरको पनि एउटा छुट्टै मीठो प्रसंग रह्को छ । मलाई खेलसँगै क्रिकेटप्रती अतिनै लगाभ भएको हुँदा मेरो लागि त्यो ऐतिहासिक तस्वीर समेत हो ।

यसरी सचिनलाई नजिकबाट नियाल्ने अवसर प्राप्त हुन पुगेको थियो । अवसर जुर्याईदिएको युनिसेफ धन्यवादको पात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *