पाकिस्तानी पूर्व कप्तान सना मीरले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिईन संन्यास
एजेन्सी – पाकिस्तानी महिला क्रिकेट टोलीकी पूर्व कप्तान सना मीरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएकी छिन् ।
सन् २००५ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेकी सनाले १५ वर्षको अन्तरालपछि शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएकी हुन् ।
लामो समय पाकिस्तानी महिला टोलीमा रहेकी सनाको यसबीचमा पाकिस्तान क्रिकेटलाई माथी उठाउन निकै ठूलो योगदान रह्यो ।
विश्व क्रिकेटमा एक उत्कृष्ट स्पिनरको रुपमा परिचित सनाले पाकिस्तानबाट २२६ खेल खेलिकी छिन् । जसमा उनले १३७ खेलमा कप्तानीको भूमिका निर्वाह समेत गरेकी थिइन् ।
जस अन्तर्गत उनले एकदिवसीयतर्फ १२० खेलबाट १५१ विकेट र टि – ट्वान्टी अन्तर्राष्ट्रिय तर्फबाट १०६ खेलबाट ८९ विकेट लिएकी छिन् । भने मध्यक्रमकी ब्याटर समेत रहेकी उनले एकदिवसीयमा १६३० र टि – ट्वान्टी अन्तर्राष्ट्रियमा ८०२ रन बनाएकी छिन् ।
उनि सन् २०१८ मा आईसीसीको वनडे क्रिकेटर अफ द ईयर घोषित हुन् पुगेकी थिइन् । सनाले जुन बेला क्रिकेट सुरुवात गरेकी थिइन् जून बेला पाकिस्तानमा महिला खेलाडीलाई निकै ठूलो संघर्ष र कठिनाईको सामना गर्नु पर्ने अवस्था थियो ।
त्यसबेला देखि संघर्ष र कठिनाईलाई सामना गर्दै अगाडी बढेकी सनाको पाकिस्तानी महिला क्रिकेटलाई माथि उठाउन निकै महत्त्वपूर्ण भूमिका रहेको छ ।