डेब्यु टेस्टमै शतक बनाउँने उमर अकमललाई तीन वर्षको प्रतिबन्ध

डेब्यु टेस्टमै शतक बनाउँने उमर अकमललाई तीन वर्षको प्रतिबन्ध

एजेन्सी – आफ्नो डेब्यु टेस्टमै शतक बनाउँने पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान उमर अकमललाई तीन वर्षको लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले सबै खालको क्रिकेटबाट प्रतिबन्ध लगाएको छ ।

२९ वर्षीय अकमललाई भ्रष्टचारको आरोपमा बोर्डले प्रतिबन्ध लगाएको हो । बोर्डले उनलाई पाकिस्तान सुपर लीग ( पीएसएल ) सुरु हुन एक दिनअघि खेल्नबाट रोकेको थियो ।

पाकिस्तानी संचारमाध्यमका अनुसार उनलाई खेल फिक्स गर्न एजेन्टले मिलेको र जानकारी लुकाएको भन्ने आरोप रहेको छ । तर अकमल भने यसलाई नकार्दै आएका छन् ।

बोर्डले एक महिना अगाडी उनिसँग स्पष्टीकरण मागेपनि आफुमाथि लागेको आरोपलाई उनले गलत सावित गर्न भने उनी असफल रहे । स्मरण रहोस पछिल्ला केही समय देखि अकमल र बोर्डबीच त्यति राम्रो सम्बन्ध भने छैन ।

करिब एक दशक भन्दा बढी पाकिस्तानी टोलीबाट रहेर खेलेका अकमलले हालसम्म १६ टेस्ट , १२१ एकदिवसीय र ८४ टि – ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *