स्टुअर्टका बुबाले जब युवराजलाई भने, ‘तिमिले मेरो छोराको जिन्दगी खत्तम गरिदियौं’

स्टुअर्टका बुबाले जब युवराजलाई भने, ‘तिमिले मेरो छोराको जिन्दगी खत्तम गरिदियौं’

सन् २००७ आईसीसी टि – ट्वान्टी विश्वकप जुन दक्षिण अफ्रिकामा भएको थियो । त्यसबेला भारतका आक्रमक ब्याट्सम्यान युवराज सिंहले एक सानदार विश्व कीर्तिमान बनाएका थिए ।

विश्व कीर्तिमान बनाउँने क्रममा उनले त्यसबेला एकै ओभरमा ६ छ्क्का प्रहार गरेका थिए । जुन कीर्तिमान अझै पनि कायमै रहेको छ ।

विश्वकपको खेल,त्यसमाथि इंग्ल्यान्ड जस्तो टिमविरुद्धको खेलाडीको ओभरमा ६ बलमा ६ छ्क्का त्यो अदभूतनै रहेको छ ।

उनलाई स्वयम् यस्तो होला भन्ने पनि लागेको थिएन । उनि पछि आफैं अचम्मित समेत परेका थिए । त्यो दिन युवराजका लागिनै भनेर बनेको रहेछ । भने बलरका लागि सर्वाधिक खराब दिन ।

बलर थिए इंग्ल्यान्डका तिब्र गतिका बलर स्टुअर्ट ब्रॉड त्यसबेला उनी राम्रो बलरका रुपमा परिचित थिए । टिमका लागि राम्रो गर्दै आएका पनि थिए तर विश्व कीर्तिमान हुन् लेखेको रहेछ ।
किंग्समीड डरबनमा भएको खेलमा भारतले सुरुमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर २ सय १८ रनको ठूलो योगफल खडा गरेको थियो ।

राम्रो ब्याटिङ गरिरहेको भारत र युवराजका लागि १९ औं ओभर निकै यादगार सावित हुन पुग्यो । उक्त ओभरमा स्टुअर्ट ब्रॉडले ६ बलमा ६ छ्क्कासहित ३६ रन खर्चिदा युवराजका लागि कीर्तिमान बन्न प्रयाप्त बन्यो ।

यता उक्त ईनिङमा स्टुअर्ट ब्रॉडले आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गर्दै ६० रन खर्चिएका थिए । भने युवराजले ५८ रन बनाएका थिए । पछि इंग्ल्यान्डले खेल पनि १८ रनले गुमाएको थियो ।

यसरी युवराजले विश्व कीर्तिमान बनाए । त्यो युवराजको पारी विश्व क्रिकेटका पारखी र सिंगो क्रिकेट जगतलाई कहिल्यै भुल्न नसकिने क्षण बन्यो ।

कीर्तिमान त बन्यो,युवराजको चर्चा परिचर्चा व्यापक हुनेनै भयो । तर कीर्तिमान बनेको भोलिपल्टनै स्टुअर्ट ब्रॉडका बुबा क्रिस ब्रॉडसँग युवराजको भेट एक कार्यक्रमका दौरान हुन पुग्यो ।

स्टुअर्ट र उनका बुबा ।

उनका बुबा युवराजलाई भेट गर्न स्वयम् आएका थिए । उनी क्रिकेट रेफ्री समेत हुन् । युवराजलाई त्यसबेला निकै असहज लागेको थियो । एउटा बुबाको नजरमा कस्तो लागेको होला भनेर, उनले मेरो बारेमा के सोचिरहेका होलान् मेरो प्रती उनले धारणा कस्तो बनाएका होलान् यस्तै कुराहरू फटाफट उनको दिमागमा आउँन थाले र उत्सुकताका साथ हेरे ।

त्यसैबीचमा उनले फ्याट भने,‘तिमिले मेरो छोराको जिन्दगी खतम गरिदियौं ।’युवराजले यसलाई छोरा प्रती बाबुको मायाको रुपमा लिएर सम्मानका साथ लिए र केही बोलेनन् ।

स्टुअर्टको बुबाको त्यो भाबुकपूर्ण कुराले गर्दा मलाई मन छोयो । त्यसपछि मलाई अझ स्टुअर्टले सदैभ राम्रो गरून् भन्ने लागिरहयो ।

त्यसबेला उनले युवराजलाई उक्त भावुक कुराका साथ छोराका लागि जर्सीमा आफ्नो हस्ताक्षर गर्नका लागि आग्रह समेत गरेका थिए ।

त्यसपछि छोराप्रती बाबुको माया देखेर भावुक बनेका युवराजले त्यस जर्सीमा उनले,‘मेरो पनि ५ बलमा ५ छ्क्का लागेको थियो । म पनि जान्छु त्यसबेला कस्तो महसुश भनेर तर तपाईं इंग्ल्यान्ड क्रिकेटको भविष्य हो – सुभकामना ।’भनेर लेखेर दिएका थिए ।

तर त्यसपछि स्टुअर्ट ब्रॉडले राम्रो गर्दै गए । राम्रो खेले । मलाई अहिले पनि लाग्छ,‘त्यो दिन मेरो लागि बनेको हुनुपर्छ । मलाई स्टुअर्टको बुबाले त्यसबेला भनेको कुराले निकै छोएको थियो । पछि स्टुअर्ट राम्रो गर्दै गए र मलाई पनि उनको प्रदर्शनले गर्दा खुशी अनुभुती हुन् थाल्यो ।’

स्टुअर्टलाई लिएर युवराज आज पनि भन्छन् ,‘उनि प्रती मेरो निकै सम्मान छ उनि विश्व क्रिकेटका प्रतिभावान तिब्रगतिका बलर हुन् ।’

स्टुअर्टले इंग्ल्यान्डका लागि १३८ टेस्ट , १ सय २१ एकदिवसीय जसमा १७८ विकेट र टि- ट्वान्टीतर्फ ५६ खेलबाट ६५ विकेट लिन सफल भएका छन् ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *