पाकिस्तानले फेरी भन्यो – ‘आईपीएलका लागि एसिया कप सर्दैन , प्रतियोगिता निर्धारित मितिमा नै हुनेछ ’

पाकिस्तानले फेरी भन्यो – ‘आईपीएलका लागि एसिया कप सर्दैन , प्रतियोगिता निर्धारित मितिमा नै हुनेछ ’

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी ) ले ईन्डियन प्रिमियर लिग ( आईपीएल ) का लागि टि – ट्वान्टी एसिया कप नसर्ने बताएको छ ।

पीसीबीका सीईओ वसीम खानले एक टेलिभिजनसँग कुराकानी गर्ने क्रममा एसिया कपलाई लिएर कुनै परिवर्तन नहुँने , कोरोना भाइरस जो अहिले विश्वभर माहामारीको रुपमा
देखा परेको छ यदी संकट हटयो भने प्रतियोगिता निर्धारित मिति सेप्टेम्बरमा नै हुने उनले बताएका छन् ।

यसअघि यहीँ कुरालाई पाकिस्तान बोर्डका अध्यक्ष एहसान मनीले पनि बताएका थिए ।

कोरोना भाइरसका कारण आईपीएल अहिले अनिश्चित देखिएको छ । यसअघि निर्धारित मिति भाइरसकै कारण सरेको छ ।

अब आईपीएल एसिया कप रद्द भए सेप्टेम्बरमा या नोभेम्बर र डिसेम्बरमा गराउँने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सोच बनाएको छ ।

यसबीचमा आईसीसी टि – ट्वान्टी विश्वकप हुँने तालिका छ । अष्ट्रेलियामा हुँने विश्वकप १८ अक्टोबर देखि १५ नोभेम्बरसम्म चल्नेछ ।

एसिया कपलाई लिएर पाकिस्तान स्पष्ट देखिँदा भारत भने आईपीएललाई प्राथमिकता दिईरहेको छ । भारतको असहमतिकै कारण पाकिस्तानमा हुँने तय भएको एसिया कप अहिले युएईमा हुँने तय भएको छ । युएईमा हुँने भएपनि आयोजक पाकिस्ताननै रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *