कलेज क्रिकेट लिग (सीसीएल) स्थगित

कलेज क्रिकेट लिग (सीसीएल) स्थगित

काठमाडौं (अनलाइन खेलखबर ) । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा प्रत्येक वर्ष हुँदै आएको कलेजस्तरको प्रतिष्ठित क्रिकेट प्रतियोगिता कलेज क्रिकेट लिग (सीसीएल) स्थगित हुन् पुगेको छ ।

हाल विश्वभर महामारीको रुपमा देखा परेको स्वास्थ्य संकट कोरोना भाइरस ( कोभिड – १९ ) बाट नेपाल पनि अछुतो नभएको यस अवस्थामा प्रतियोगिता स्थगित हुन् पुगेको आयोजकले जानकारी गराएको छ ।

युनिभर्सिटी क्रिकेट क्लबका अध्यक्ष सुमन राज कार्कीले अनलाइन खेलखबरसँगको विषेश कुराकानीका क्रममा ‘अहिले भाइरसका कारण विश्व जगतनै चिन्तित छ । विश्वभर तिब्रगतिमा फैलिरहेको यस भाइरसको प्रभाव नेपालमा पनि देखिएको यस अवस्थामा भाइरसको रोकथाम र नियन्त्रण गर्नमा हामी सबैको पनि भूमिका उत्तिकै महत्वपूर्ण छ ।

यस्तोमा नेपाल सरकारको अनुरोध तथा सचेत नागरिकको हैसियतबाट पनि यस विषम परिस्थितिलाई मध्य नजर गर्दै हाम्रो आयोजक टिम तथा समस्त खेलाडीहरुबाट संकटको रुपमा देखा परेको कोरोना भाइरससँग लड्ने नेपाल सरकारको अभियानलाई साथ दिनका लागि प्रतियोगिता स्थगन गर्ने हामीले निर्णय गरेका हौं । ’ उनले भने ।

प्रतियोगितालाई लिएर आन्तरिक तयारीहरु पनि भएको भन्दै अवस्था सन्तुलन भएको भए ‘हामी यहि बैशाखमा गर्ने सोच बनाएका थियौं । तर अवस्था प्रतिकुल आएन केही छैन । आशा छ हामी चाडैं नै यस भाइरसलाई जित्ने छौं र फेरी हामी फर्किने छौं , ’कार्कीले बताए ।

यसअघिका तीन संस्करण भब्य र सभ्य तरिकाले सम्पन्न भएको प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि विनोद भण्डारी , प्रदिप एरी , विक्रम शोव , खड्क बोहरा , ललित राजबम्शी , आदिल खानजस्ता खेलाडीहरु सम्मलित ट्रीटन ईन्टरनेशनल कलेजले उचालेको थियो ।

ट्रीटनले प्रतियोगिताको उपाधि उचाल्ने क्रममा शरद भेषावकर , दीपेन्द्र सिंह एरी , पृथु बास्कोटा , अभिनाश बोहरा , नन्दन यादव , अनिल शाह जस्ता खेलाडीहरु सम्मलित गोल्डेन गेट इन्टरनेशनल कलेजलाई ५ विकेटले पराजित गरेको थियो ।

जसवाफत च्याम्पियन ट्रीटनले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्दा उपविजेता गोल्डेनगेटले १ लाख ११ हजार १ सय ११ प्राप्त गरेको थियो ।

प्रतियोगितामा १२ प्रतिष्ठित कलेजको सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *