मैदान कर्मचारीलाई राष्ट्रिय अम्पायर रवीन्द्र गुप्ताद्वारा खाद्यान्न सहयोग

मैदान कर्मचारीलाई राष्ट्रिय अम्पायर रवीन्द्र गुप्ताद्वारा खाद्यान्न सहयोग

काठमाडौं (अनलाइन खेलखबर ) । लामो समय देखि नेपाली क्रिकेटमा योगदान पुर्याउँदै आएका राष्ट्रिय अम्पायर रवीन्द्र गुप्ताले काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा कार्यरत मैदान कर्मचारीलाई खाद्यान्न सहयोग गरेका छन् ।

हाल विश्वभर महामारीको रुपमा देखा परेको स्वास्थ्य संकट कोरोना भाइरस ( कोभिड -१९ )बाट नेपाल पनि अछुतो रहेको छैन ।

यस्तो अवस्थामा भाइरसको रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारद्वारा देशभर लकडाउन जारी रहेको छ । जून महिना दिन बढी भईसकेको अवस्था छ ।

लकडाउनको यो बेलामा क्रिकेटका लागि मैदान मर्मत सम्भारमा अहोरात्र खट्ने ती मैदान कर्मचारीलाई जिवनयापनमा केही सहज होस् भनेर गुप्ताले खाद्यान्न सहयोग गरेको बताएका छन् ।

उनले सहयोगमार्फत ६० केजी चामल ,१८ केजी दाल , ३० केजी आलु , ६ प्याकेट तेल,६ प्याकेट नुन प्रदान गरेका छन् ।

यस्तै मूलपानी पछि अब किर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कार्यरत मैदान कर्मचारीलाई उनले सहयोग गर्ने सोच बनाएका छन् । जसका लागि उनले चाडैं सहयोग गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *