हरभजन भन्छ्न – ‘टिममा फर्किन धोनीको ईक्छा नै छैन ’
एजेन्सी – भारतीय स्पिनर हरभजन सिंहले महेन्द्र सिंह धोनीलाई लिएर ठूलो बयान दिएका छन् ।
भारतिय टिमका उप – कप्तान रोहित शर्मासँग सामाजिक संजाल ईन्स्टाग्राममा प्रत्यक्ष कुराकानीका क्रममा हरभजनले धोनि अब राष्ट्रिय टिममा फर्किन निकै गाह्रो रहेको बताएका हुन् ।
उनले प्रत्यक्ष कुराकानीका दौरान ‘जब म चेन्नई सुपर किंग्सको बन्द प्रशिक्षणमा रहेको थिए । त्यसबेला धोनिको विषयलाई लिएर चर्चा भएको थियो ।’
त्यसबेला मैले भनेको थिए ‘यो जब धोनीमा नै निर्भर रहन्छ उनी खेल्न चाहन्छ्न या चाहँदैनन जति म धोनिलाई जानेको छु उनिमा राष्ट्रिय टिममा फर्किन नचाहेको बेला बेलामा मलाई पनि लाग्छ ।’
उनी आईपीएल खेल्नेछ्न तर ‘मलाई उनको सन् २०१९ को विश्वकप अन्तर्गत न्युजिल्यान्डसँगको सेमिफाइनल खेलनै अन्तिम हो जस्तो लागिरहेको छ । ’उनले भने ।
१३ औं संस्करणको ईन्डियन प्रिमियर लिग ( आईपीएल ) लाई धोनिको टिममा पुनरागमनका रुपमा सबैले हेरिरहेको बेला हरभजनले यस्तो धारणा ब्यक्त गरेका हुन् ।
अब हेर्न बाँकी छ । धोनि यस विषयमा कस्तो सोच राख्छ्न । भारतीय क्रिकेटमा सफल कप्तान र कयौं कीर्तिमान कायम गरेका धोनीलाई आधुनिक क्रिकेटका सर्वोउत्कृष्ट खेलाडीको रुपमा लिने गरिन्छ ।
उनले भारतका लागि ९० टेस्ट ,३५० एकदिवसीय र ९८ टि – ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।