onlinekhelkhabar.com

Complete website for Nepali Sports News

युवा खेलाडीले पत्रीका र टेलिभिजनबाट दुरी कायम राख्दा राम्रो – युवराज सिंह

एजेन्सी – पूर्व भारतीय अलराउन्डर क्रिकेट खेलाडी युवराज सिंहले युवा खेलाडीहरुले पत्रीका र टेलिभिजनबाट दुरी कायम राख्दा राम्रो हुँने सुझाएका छन् ।

सामाजिक संजाल ईन्टाग्राममा पूर्व भारतिय खेलाडी मोहम्मद कैफसँग प्रत्यक्ष कुराकानीमा उनले उक्त धारणा ब्यक्त गरेका थिए ।

आईपीएलमा ठूलो रकमले दबाब सिर्जना गर्ने र खेलाडीहरुले राम्रो प्रदर्शन नगरेको खण्डमा बदल्दिने र जब मान्छेले सफलताको सिढि चडिरहेको हुन्छ तब मान्छेहरु तल झार्न खोजिरहेका हुन्छन् ।

दबाब हुन्छ , किन की जब आउट भैईन्छ या राम्रो प्रदर्शन भईरहेको हुँदैन त्यसबेला मानिसहरु यति ठूलो रकम लिएर पनि राम्रो गरिरहेको छैन भनेर खिल्ली उडाउँने गर्छन् ।

त्यसबीचमा नकारात्मक समाचार धेरै बिक्छ र जसले खेलाडीहरुलाई पनि प्रभावित गर्न सक्छ । यस्तो अवस्थामा युवा खेलाडीहरु पत्र -पत्रीका र टेलिभिजनबाट दुरी कायम राखेकै राम्रो रहने भनेर उल्लेख गरेका हुन ।

युवराज र कैफबीच आईपीएललाई लिएर धेरै कुराहरु भएको थियो । जसमा युवराजले आफ्ना अनुभवहरुलाई पनि शेहर गरेका थिए ।

आईपीएल ईतिहासमा युवराज सर्वाधिक महँगा खेलाडीको सूचीमा पर्ने गर्छन् । उनलाई सन् २०१५ मा दिल्लीले १६ करोडमा टिममा अनुबन्ध गरेको थियो ।

त्यसबेला उनले १४ खेलबाट २ सय ४८ रन बनाएका थिए । उनले आईपीएलमा भने १३२ खेलबाट २७५० रन बनाईसकेका छन् । भने ३६ विकेट पनि लिएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *