बटलरको विश्वकप जर्सी ठूलो रकममा लिलामी

बटलरको विश्वकप जर्सी ठूलो रकममा लिलामी

एजेन्सी – अघिल्लो वर्ष क्रिकेटको जन्मदाता समेत रहेको ईङल्यान्डले पहिलोपटक एकदिवसीय विश्वकपको उपाधि आफ्नो नाममा लेखाउँन सफल भएको थियो ।

त्यसबेला टिमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विकेटकिपर ब्याट्सम्यान जस बटलरले विश्वकपको जर्सी लिलामी गरेका छन् ।

अहिले विश्वभर महामारीका रुपमा देखा परेको स्वास्थ्य संकट कोरोना भाइरसका कारण अहिले विश्व जगत चिन्तित भईरहेको अवस्थाका बटलरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानिय अस्पताललाई सहयोग गर्न उनले आफ्नो जर्सीलाई लिलामीमा राखेका थिए ।

क्रिकेट अष्ट्रेलियाका अनुसार लिलामीका लागि ८२ बोली लागेको थियो । जसबाट ६५ हजार पाउन्ड अर्थात हाल नेपाली ९७ लाख ४२ हजार २ सयमा जर्सी अन्ततः लिलामी हुन् पुगेको छ ।

उक्त लिलामी भएको जर्सीमा ईङल्यान्डले विश्वकप जित्दा टोलीमा रहेका सबै खेलाडी र प्रशिक्षकको हस्ताक्षर रहेको छ ।

अघिल्लो वर्षको जुलाई १४ मा लन्डनमा भएको फाइनल खेलमा ईङल्यान्डले न्युजिल्यान्डलाई शनसनिपुर्ण सुपर ओभरमा अपराजित गर्दै ईङल्यान्डले ईतिहास रचेको थियो ।

फाइनल खेलमा बटलरले ५९ रन र सुपर ओभरमा ७ रन बनाएका थिए ।

यता अहिले विश्व संकटका रुपमा देखा परेको कोराना भाइरसबाट ८८ हजार ५ सय भन्दा बढीले ज्याज गुमाईसकेका छन् । भने १५ लाख भन्दा बढी भाइरसबाट संक्रमित हुँदा ३ लाख ३० हजार भन्दा बढीले संक्रमितबाट छुटकारा पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *