![रहेनन् सेते दाई](https://onlinekhelkhabar.com/wp-content/uploads/Sete-dai-30-10.11.09.jpg)
रहेनन् सेते दाई
काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लामो समय मैदान कर्मचारी रहेर काम गरेका जयबहादुर तामाङ ( सेते दाई ) को निधन भएको छ ।
मिर्गौला रोगबाट पीडित उनको उपचार काठमाडौंंस्थित वीर अस्पतालमा भएको थियो ।
लामो समय नेपाली क्रिकेट ,खेलाडीको खेल्ने मैदानलाई मर्मत सम्भार गर्दै आएका सेते दाईको निधनले गर्दा अहिले क्रिकेट जगतले एउटा राम्रो ब्यक्तिव गुमाएको छ ।
उनको योगदान नेपाली क्रिकेटले सदैभ सम्झिने छ ।ललितपुरको पहाडी भेग लेलेमा जन्मिएका उनले २०६१ साल देखि निरन्तर काम गर्दै आएका थिए ।