मैदान कर्मचारी जयबहादुरलाई नेपाली क्रिकेट समर्थक समाजद्वारा आर्थिक सहयोग

मैदान कर्मचारी जयबहादुरलाई नेपाली क्रिकेट समर्थक समाजद्वारा आर्थिक सहयोग

दाङ (अनलाइन खेलखबर )। नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस ) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जयबहादुर तामाङलाई आर्थिक सहयोग गरिएको छ ।

करिव डेढ दशक देखि मैदानमा अहोरात्र खटिदै आएका जयबहादुर तामाङ (सेते दाई) अहिले मिर्गौलाको समस्याबाट जुधिरहेका छन् ।

काठमाडौंस्थित वीर अस्पतालमा उपचार गराईरहेका उनको परिवारलाई आईतबार एनसिएसएसका अध्यक्ष विराज घिमिरे र पूर्व अध्यक्ष भानु सिग्देलले समर्थकहरुबाट संकलन भएको ५० हजार प्रदान गरेका थिए ।

सेते दाई सहयोग अभियान सन्चालन गरिरहेको एनसिएसएसले पहिलो चरणबाट उठेको यो रकम हस्तान्तरण गरेको बताएको छ र क्रमशः उठदै गएको रकम फेरी परिवारलाई हस्तान्तरण गर्ने संस्थाले उल्लेख गरेको छ ।

यता मैदान कर्मचारी जयबहादुर तामाङलाई अहिले आर्थिक सहयोग क्रमशः प्राप्त भएको छ । त्यसका लागि ब्यक्तिगत , संस्थागत रुपमा सहयोग जुटिरहेको छ ।

त्यसअघि शनिबार जयबहादुर तामाङलाई क्रिकेट प्लेयर्स एसोसियसन अफ नेपाल (सिप्यान) को पहलमा नेपाली क्रिकेट खेलाडी र प्रशिक्षकबाट संकलित १ लाख ३३ हजार आर्थिक सहयोग प्राप्त भएको थियो ।

कमजोर आर्थिक अवस्था कारण परिवारलाई उपचार गर्न कठिन भइरहेको अवस्थामा अहिले त्यसका लागि परिवारले सम्पूर्णसँग सहयोगको याचना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *