टियुका मैदान कर्मचारी जयबहादुरलाई मिर्गौलाको समस्या : उपचारका लागि कठिनाई , सहयोगको याचना
काठमाडौं (अनलाइन खेलखबर )। कीर्तिपुरस्थित नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जयबहादुर तामाङ अहिले अस्वस्थ भएका छन् ।
करिव डेढ दशक देखि मैदानमा अहोरात्र खटिदै आएका जयबहादुर तामाङ जसलाई सेते दाई भनेर सबैले चिन्न्ने गर्छ्न । उनी अहिले मिर्गौलाको समस्याबाट जुधिरहेका छन् ।
उनको अहिले काठमाडौंस्थित वीर अस्पतालमा उपचार भईरहेको छ । उनलाई हेरिरहेका वीर अस्पतालका चिकित्सकका अनुसार मिर्गौला खराबी सुरुवाती चरणमा भएको र चाडैंनै यस बारे जानकारी भएको हुँदा अबको एक महिना पछि काम पनि गर्न सक्ने सम्भावना भएता पनि नभएको खण्डमा मिर्गौला प्रत्यारोपण गर्नु पर्ने स्थिती आउँन सक्ने बताएका छन् ।
कमजोर आर्थिक अवस्था भएका उनको उपचार गर्न अप्ठ्यारो पर्ने निश्चित छ । साढे १० हजार नेपाली रुपैयाँ मासिक तलबमा काम गर्दै आएका उनको बचत छैन । त्यस्तोमा उनको उपचारका लागि आर्थिक समस्या प्रकट हुन थालेको छ ।
लामो समय नेपाली क्रिकेट , खेलाडीको खेल्ने मैदानलाई मर्मत सम्भार गर्दै आएका उनि प्रती सबै क्रिकेटलाई माया गर्ने र मानवताको हैसियतबाट आफ्नो दाहित्व पूरा गर्न जरुरी छ ।
पुन्य कमाउँने दिन आएको छ । यदि नेपाली क्रिकेटमा अहोरात्र खट्ने सेते दाईलाई सहयोग गर्न चाहनुहुन्छ भने तपाईं सिधा उनको बैंक खातामा सहयोग गर्न सक्नुहुनेछ ।
त्यसका लागि सेन्चुरी बैंकको पुतलीसडक शाखामा रहेको खाता नम्बर `0010002627PY´ मा आफ्नो सहयोग जम्मा गर्नसक्नुहुनेछ ।
लामो समय क्रिकेटलाई आफ्नो जिन्दगी समर्पित गरेका उनको दुखमा सबैले साथ दिन हामीपनि सबैलाई अनुरोध गर्दैछौं ।
यस्तो दुखको क्षणमा सबै मिलेर उनको खुशी फिर्ता ल्याउँन सबैले सहयोग गरौं ।
ललितपुर जिल्लास्थित लेलेमा जन्मिएका उनले त्रिवि क्रिकेट मैदानमा २०६१ देखि मैदानको हेरचाह गर्दै आएका छन् ।
यसबीचमा नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट एकेडेमी ग्रेट हिमालय क्रिकेट एकेडेमीले उनको उपचारका लागि नगद ५ हजार आर्थिक सहयोग गरेको छ ।
र अब पालो तपाईको ..