onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नाम : शफाली वर्मा – उमेर सानो, प्रदर्शन भने ठूलो

सलमान शाह (अनलाइन खेलखबर) । हालै अष्ट्रेलियामा भएको आईसीसी महिला टि- ट्वान्टी विश्वकपमा धेरै खेलाडीले आफ्नो प्रभाव छोड्न सफल भए । त्यसमा भारतकी १६ बर्षिया शफाली वर्माको नाम उच्च स्थानमा आउँछ ।

भारतमा क्रिकेटको भगवानको रुपमा लिने सचिन तेन्दुलकरलाई आफ्नो आदर्श मान्ने शफालीले छोटो समयमानै आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् र विश्व क्रिकेटमा उनि उदाउँदो स्टारको रुपमा आएकी छिन् ।

महिला टि- ट्वान्टी विश्वकपमा आफ्नो टिम भारतलाई पहिलोपटक फाइनलसम्म पुर्याउन उनको भूमीका निकै ठूलो रह्यो ।

तर पहिलोपटक विश्व विजेता बन्ने टिमको सपना पूरा नभएपनि उनको प्रदर्शनले सबैको मन जित्न भने सफल भएको थियो ।

विश्वकपमा दौरान उनि अझ चर्चाको शिखरमा रहेको थिइन् दुर्भाग्यपूर्ण समूह चरणमा निकै राम्रो प्रदर्शन गरेको भारत फाइनलमा घरेलु टोली अष्ट्रेलियासँग लज्जास्पद हार व्यहोर्दै शफालीसँगै सारा भारतको सपना टुटेको थियो ।

छोटो समयमानै राष्ट्रिय टिमबाट खेल्ने अवसर प्राप्त गरेकी शफाली त्यहाँसम्म पुग्न ठूलो मेहनत गरेकी छिन् । भारतको हरियाणा रोहतकको सानो ठाउँबाट क्रिकेट सुरुवात गरेको शफाली राष्ट्रिय टिमसम्मको यात्रामा ठूलो त्याग र मेहनत गरेकी छिन् ।

सुरुवाती अवस्थाबाटै परिवारको पूर्ण साथ पाएकी शफाली आफुलाई भाग्यमानी सन्तानको रुपमा पनि लिने गर्छिन ।

भारत जस्तो देशमा त्यो समाजमा रहेर छोरीलाई पनि क्रिकेटर बनाउने उनको परिवारको सपनाले गर्दा आफूलाई अझ हौसला प्रदान गरेको उनको अबुभव रहेको छ ।

उनको पिता सन्जिव वर्मा जो पेसाले ज्वलर्सको व्यापार गर्छन उनी पनि क्रिकेट भनेपछि मरीहत्ते गर्ने , क्रिकेटका पारखी र कुनै समयमा क्रिकेट खेलेको अनुभव भएको हुँदा सुरुवाती चरणमा उनले क्रिकेट आफ्नो बुवासँग सिकिन , तर माथिल्लो स्तरसम्म पुग्नका लागि यो स्तरको सिकाईले उनलाई पुग्ने वाला थिएन ।

त्यसका लागि उनको बुवा राम्रो क्रिकेट प्रशिक्षण केन्द्रको खोजीमा थिए र अन्ततः स्थानिय राम नारायण क्रिकेट एकेडेमीमा उनलाई भर्ना गरिदिए त्यस एकेडेमीमा उनि र उनका दाई साहिल वर्मासँगै क्रिकेट सिक्न पुग्थे ।

एकेडेमीका प्रशिक्षक सन्जय बुधवार थिए । एकेडमीमा भर्ना हुँदा केवल ११ बर्षकी उनले देखाएको क्रिकेट स्किलबाट प्रशिक्षक पनि निकै दंग परे र उनलाई लाग्यो शफाली भविश्यमा राम्रो गर्न सक्छिन ।

त्यसैले उनले शफालीलाई विशेष ध्यानमा राख्दै योजना बनाए र सुरुमा उनलाई उमेर समूहबाट प्रशिक्षण गराएपनि त्यहाँ उनले देखाएको प्रदर्शनबाट उनि पछी केटाहरुसँगै प्रशिक्षण गर्ने एकेडेमीले ब्यवस्था मिलायो ।

यसबीचमा उनि स्थानीय पुरुष क्रिकेट प्रतियोगिता पनि खेलिन । त्यो पललाई सम्झिदा उनि रमाईलो मान्छिन।

खासमा उनको दाई त्यो प्रतियोगिता खेल्दै थिए तर बीचमा उनको दाई बिरामी भएपछी उनको स्थानमा उनि खेलेकी थिइन् ।

रमाईलो कुरा त्यस मौकालाई उनले सदुपयोग गर्दै उक्त प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी समेत बनिन तर आयोजकले पत्तोनै पाएनन उनी महिला हुन भनेर ।

क्रमश दिन बित्दै गयो एकेडेमीमा उनको मेहनत जारी रहदै थियो त्यसबीचमा दक्षिण अफ्रिका टोली भारत भ्रमणमा आएको थियो ।

जसमा दक्षिण अफ्रिका शफालीलाई खुशी दिनका लागि तयार थियो । उनि पहिलोपटक टि – ट्वान्टीका लागि राष्ट्रिय टिममा स्थान पक्का गरिन ।

उनका परिवार , सुभचिन्तकहरुको खुशीको सिमा रहेन , आखिर नहोस पनि किन यो उमेरमा शफालीले सोच भन्दा माथिको सफलता प्राप्त गरेकी थिइन् ।

उनी यस मौकालाई आफुलाई राम्रो गर्ने अवसरको रुपमा लिएकी थिइन् । तर उनी डेब्यु खेलमा शून्य रनमा आउट हुँन पुग्दा सारा सुभचिन्तकमा निराशा छाएको थियो । तर टिमले भने खेल ११ रनले जितेको थियो ।

लालाभाई स्टेडियम,सूरतमा सन् २०१९ सेप्टेम्बर २४ मा दक्षिण अफ्रिकाविरुद्व खेल्दै अन्तराष्ट्रिय क्रिकेटमा सुरुवात गरेकी उनले सुरुवात नराम्रो भएता पनि विचलित भने भएनिन ।

त्यसपछी सिरिजमा लगातार दुई खेल रद्द हुन पुगेको थियो र सिरिजको चौथो खेलमा भारतले दक्षिण अफ्रिकालाई ५१ रनले पराजित गरेको थियो ।

त्यस जितमा शफालीले पनि राम्रो प्रदर्शन गरेकी थिइन् । ओपनर ब्याटर शफालीले उक्त खेलमा ४६ रनको योगदान गरेकी थिइन् । ३३ बलको सामना गरेकी उनले उक्त रन बनाउने क्रममा ५ चौका र २ छक्कासमेत प्रहार गरिन ।

डेब्यु खेलमै सून्य रनमा आउट भएपछी शफालीलाई यो पारीले ठूलो राहत दियो । उनमा थप उर्जा यो पारीले उनलाई प्रदान गर्यो ।

यस्तै सिरिजको पाँचौ खेलमा उनले १४ रन बनाईन भने सिरिजको अन्तिम खेलमा उनले ४ रन मात्र बनाएकी थिइन् ।

एकदिवसिय सिरिजमा भने उनि टिममा रहेकी थिइनन । तीन खेलको एकदिवसीय सिरिजमाथि भारतले क्लिनस्विप गरेको थियो ।

यता हालसम्म टि-ट्वान्टी बाट मात्र राष्ट्रको प्रतिनिधित्व गरेकी शफालीले अहिलेसम्म १९ अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छिन् ।

जसमा उनले हालसम्म ४ सय ८७ रन बनाईसकेकी छिन् जसमा दुई अर्धशतक समेत सामेल रहेको छ ।

उनले पहिलो अर्धशतक सन् २०१९ नोम्बेबर ९ तारिखमा वेस्ट ईन्डिजविरुद्दको खेलमा प्रहार गरेकी थिइन् । जुन अर्धशतकले सचिन तेन्दुलकरको कीर्तिमानलाई तोडेको थियो ।

त्यो अर्धशतकसँगै उनि भारतबाट कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडी बनेकी छिन् । यस्तै उनको दोस्रो अर्धशतक पनि वेस्ट ईन्डिजविरुद्धनै प्रहार गरेकी थिइन् । जसमा उनले ६९ रन बनाएकी थिइन् ।

यसरी शफालीको खेल जीवन चल्दै थियो त्यसबीचमा सबै क्रिकेटरको सपना हुन्छ । देशका लागि विश्वकपमा खेल्ने राम्रो प्रदर्शन गरिरहेकी उनि यसबीचमा टिममा स्थान बनाउन सफल पनि भईन ।

आक्रमक ब्याटरको रुपमा प्रस्तुत हुने उनले विश्वकपका दौरान पनि राम्रो प्रदर्शन गरिन । विश्वकपको समूह `ए ´मा रहेको भारतले पहिलो खेलमा उसैको मैदानमा अष्ट्रेलियालाई १७ रनले पराजित गर्दा शेफालीले २९ रन बनाएकी थिइन् ।

यस्तो भारतले बंगलादेशलाई १८ रनले पराजित गर्दा उनले टिमका लागि ३९ रन बनाएकी थिइन् भने तेस्रो खेलमा न्युजिल्यान्डलाई ३ रनले हराउँदा ४६ रन र श्रीलंकालाई ७ विकेटले पराजित गर्दा ४७ रनको योगदान गरेकी थिइन् ।

विश्वकपमा समूह चरणका सबै खेल जितेर सेमिफाइनल पुगेको भारतको सेमिफाइनलमा ईङल्यान्डसँग भेट भएको थियो । तर वर्षाका कारण सेमिफाइनल खेल हुन सकेन र समूह चरणको प्रदर्शनको आधारमा समूह विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको भारत पहिलोपटक फाइनल पुगेको थियो ।

पहिलोपटक फाइनल खेलेको भारत विश्वकपमा सबैभन्दा सफल टिम अष्ट्रेलियाको सामना गर्दै थियो । तर समूह चरणमा अष्ट्रेलियालाई हराएको भारत पनि उच्च मनोबलमा रहेको थियो ।

जसरी पनि विश्वकपको ट्रफ्री स्वदेश लग्ने भनेर, तर भारत सफल हुन भने सकेन । मेलबर्न क्रिकेट मैदानमा ८६ हजार भन्दा बढी दर्शकसामू भएको फाइनल खेलमा भारत ८५ रनले पराजित हुन पुगेको थियो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर १ सय ८४ रनको विशाल योगफल खडा गरेको थियो ।

त्यसपछी जवाफी ब्याटिङ थालेको भारत १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९९ रनमा सिमित हुँदा पहिलोपटक विश्व विजेता बन्ने सपना अधुरो नै हुन पुगेको थियो ।

समूह चरणमा राम्रो प्रदर्शन गरेकी शफाली फाइनल खेलमा मात्र २ रन बनाएको अवस्थामा क्याच आउट हुन पुगेकी थिइन् ।

तर विश्वकप भारतले आफ्नो नाममा लेखाउन नसकेपनि शेफाली जस्ता खेलाडीका लागि निकै ठूलोमाध्यम बन्यो । मात्र १६ वर्षकी शफाली अहिले जसरी आफुलाई प्रस्तुत गरिरहेको छिन् ।

उनमा क्षमताको कमि छैन त्यसैले शफालीले अझै विश्व क्रिकेट र महिला क्रिकेटमा आफ्नो छुट्टै छाप छोड्न सक्ने धेरैको विश्वाश रहेको छ ।

एजेन्सीको सहयोगमा ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *