यी हुन् आईपीएल गर्नका लागि बीसीसीआईले सारेका ६ प्रस्तावहरु
एजेन्सी – विश्वभर भर महामारीका हिसाबमा देखा परेको कोरोना भाइरसका कारण अहिले विश्वभर त्यसको प्रभाव देखा परिरहेको छ ।
त्यसको प्रत्यक्ष प्रभाव खेलजगतलाई पनि पुगेको छ ।विश्वभरमा अहिले खेलहरु प्राय स्थगित भएका छन् र हुने क्रम जारी रहेको अवस्थामा विश्वको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) लाई पनि ठूलो संकट परेको छ ।
जसका लागि भारतीय क्रिकेट कट्रोल बोर्ड (बीसीसीआई) पूर्व निर्धारित समय भन्दा पछि हटिसकेको छ । कोरोनाको प्रभावलाई मध्यनजर गर्दै २९ मार्च देखि सुरु हुने भनिएको आईपीएल अब अप्रिल १५ तारिखबाट हुने भनिएको छ ।
तर वर्तमान अवस्था र यहि अवस्था रहिरहे , १३ संस्करण नहुन पनि सक्ने सम्भावना बढेर गएको छ ।
तर बीसीसीआई भने कसरी गर्न सकिन्छ त्यसका लागि अनेकौं उपायहरु खोजिरहेको छ । उ चाहन्छ यो क्रिकेटको पर्वलाई स्थगित गराउँँन चाहँदैन ।
त्यसैले केही दिनअघि बीसीसीआईले फेन्चाईज टिमका मालिकहरुसँग कसरी यो संस्करणलाई गर्न सकिन्छ भनेर छ्लफल गरेको थियो ।
उक्त छ्लफलका दौरान बीसीसीआईले ६ वटा प्रस्ताव अगाडी सारेको थियो । जसअन्तर्गत पहिलो रहेको थियो । संस्करणलाई छोटो ढाँचामा सन्चालन गर्ने , दोस्रो ४-४ टिमलाई दुई समूहमा विभाजन गरेर समूहका शिर्ष दुई टिमलाई सेमिफाइनल पुर्याउने , तेस्रोमा धेरै डबल हेडर म्याचको आयोजन गर्ने रहेको थियो ।
यस्तै चौथोमा आईपीएलका खेलहरु केवल दुई स्थानमा गराउँने र खेलाडीको मुभमेन्टलाई पनि धेरै कम गराउँने , पाँचौमा एक दिनमा ३ खेल गराउँने र अन्तिममा खाली रंगशालामा खेल गराउँने प्रस्ताव अघि सारेको थियो ।
र अहिले यसबीचमा भारतमा पनि कोरोना भाइरसको सक्रमण पनि देखिदै गर्दा केही ब्यक्तिले समेत आफ्नो ज्यान गुमाईसकेको पछिल्लो अवस्था रहेको हुँदा अहिले बीसीसीआई यस विषयमा गम्भीर छलफल गरिरहेको छ ।