नेपाली क्रीकेट को आगामी भबिस्य भोलीको खेल बाट फैसला हुने : एकदिवसीय मान्यता पाउँन जित्नै पर्ने दबाब

नेपाली क्रीकेट को आगामी भबिस्य भोलीको खेल बाट फैसला हुने : एकदिवसीय मान्यता पाउँन जित्नै पर्ने दबाब

फागुन २७ , अनलाइन खेलखबर | जिम्बाबे मा जारी आईसीसी बिश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल ले लगातार ३ खेल गुमाउदै दोस्रो चरण अर्थात सुपर सिक्स मा प्रवेश गर्ने निकै नै कठिन भएको छ , नेपाल ले खेलेका ३ खेल मध्य नेपाल ले पहिलो खेल आयोजक जिम्बाबे सगँ १ सय १६ रनको फराकिलो अन्तर ले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्ड सगँ ४ विकेट्ले पराजित हुदाँ तेस्रो खेलमा अफगानिस्तान सगँ ६ विकेट ले पराजित भएको थियो ।

अब यस्तो अबस्थामा सुपर सिक्स मा पुग्ने मात्रै गणितीय सम्भावना मा सिमित रहन्छ , हेर्ने नै हो भने झिनो आशा मात्रै रहेको छ । जसका लागि भोलि हुने खेलमा हङकङ लाई ठूलो अन्तर ले पराजित गर्न सके नेपाल को नेट रनरेट सुधार हुदै नेपाल अघि बढ्न सक्छ । नेपालको नेट रनरेट -१.५४६ रहेको छ भने अफगानिस्तानको -०.०३८ र हंगकंग को – १.२४६ रहेको छ  |

त्यसैले यदी नेपालले पहिले ब्याटिंग गर्दै ३०० रन बनायो र नेपाल ले हङकङ लाई ८२ रनमै अलआउट गर्न सक्यो भने नेपाल सुपर सिक्स प्रवेश गर्न सक्छ । यदी नेपालले दोश्रो ब्याटिङ गरेको खण्ड मा नेपाललाई झनै मुस्किल हुनेछ जुन असम्भव जस्तै नै हुनेछ । जस्तो हङकङ ले नेपाल सामु १५० रन को लक्ष्य दियो भने नेपाल ले उक्त लक्ष्य ४ ओभरमा भेटाउनु पर्ने हुन्छ ।

यसरी हेर्दा सुपर सिक्स भन्दा पनि नेपाल को सुरुवाती सपना एकदिवसीय मान्यता प्राप्त गर्नेमा नेपाल को नजर अहिले केन्द्रित रहेको छ , समूह चरण मा जिम्बाबे , स्कटल्याण्ड र अफगानिस्तान सगँ पराजित नेपाल ले सोमबार समुह चरण को अन्तिम खेल हङकङ सगँ खेल्दैछ । सोमबार हुने अन्तिम खेल मा हङकङ विरुद्ध नेपाल ले जित निकालेमा नेपाल का लागि एकदिवसीय मान्यता का समीकरण को ढोका खुल्नेछन , यदि पराजित भएको खन्डमा भने हङकङ सिदैँ त्यो अबसर प्राप्त गर्ने छ ।

अहिले जारी बिश्वकप छ्नोट प्रतियोगिता मा सहभागी उत्कृष्ट ३ एसोसियट लाई चार बर्ष को एकदिबसिय मान्यता दिने प्राबधान आईसीसी ले गरेको छ । सोही अनुरुप जारी प्रतियोगिता मा स्कटल्याण्ड ले सुपर सिक्स मा आफुलाई प्रवेश गराएको हुदा उसले एकदिबसिय मान्यता पाएको छ , युएई ले पनि सुपर सिक्स मा आफू लाई लगभग प्रवेश गराए सगैँ उसले पनि स्वत एकदिवसीय मान्यता प्राप्त गर्ने छ ।

युएई ले अब सोमबार आयरल्यान्ड सगँ खेल्नेछ जिते सिदै सुपर सिक्स मा पुग्नेछ भने हारेमा पनि उ ४ अंक सहित बलियो नै देखिन्छ युएई लाई पछाईरहेको नेदरल्यान्ड को समान खेल बाट २ अंक छ उसले पनि सोमबार वेस्ट ईन्डिज सगँ खेल्नेछ , नेदरल्यान्ड सुपर सिक्स का लागि भने युएई हार्नु पर्छ र नेदरल्यान्ड ले बेस्ट ईन्डिज लाई ठुलो अन्तर ले हराउनु पर्ने देखिन्छ .. यसरी हेर्दा युएई नै सुपर सिक्स मा प्रवेश का लागि बलियो देखिन्छ भने एक सिट का लागि समीकरण खुल्ला रहेको छ , जसका लागि बाकी रहेका टिम का लागि यो मौका खुल्नेछ ।

यसका लागि नेपाल र हङकङ बिच सोमबार हुने समूह चरण को अन्तिम खेल ले नै यस समीकरण को बाटो निर्धारण गर्नेछ । जसमा नेपाल ले जित्नै पर्न दबाब हुनेछ । समीकरण जिवित राख्न भए पनि यदि हार ब्यहोरेमा हङकङ सुपर सिक्स मा प्रबेश गर्दै तेस्रो एकदिबसिय मान्यता पाउने देश बन्ने छ , र नेपाल सहित बाकी टिम यस दौड बाट बाहिरिने छ्न ।

अब नेपाल ले एकदिवसीय मान्यता प्राप्त गर्नका लागि हङकङ लाई हराउदै त्यसपछि समीकरण अनुसार सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं र नवौं स्थानका लागि क्रस प्लेअफ हुनेछ। जसमा समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौंथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन्। दुवै खेल जित्ने टोलीले सातौं स्थानका लागि खेल्नेछन्। सो खेलको विजेताले एकदिवसीय मान्यता पाउनेछ। हार्ने टोलीले भने नवौं स्थानका लागि खेल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *