भारत र दक्षिण अफ्रिकाबीचको खेल खाली रंगशालामा हुँने : आईपीएल पनि संकटमा
एजेन्सी- भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको एकदिवसीय सिरिज अब खाली रंगशालामा हुने भएको छ ।
पछिल्लो समयमा विश्वभर संकटको रुपमा देखा परेको कोरोना भाइरसका कारण त्यसको प्रभाव भारतमा पनि देखिन थालेको छ ।
विश्वभर कोरानाको प्रत्यक्ष प्रभाव खेल जगतलाई पनि पर्दै आएको छ । कोरानाको प्रभावबाट जोगिन पछिल्लो समय भिड्भाड मुक्त गर्नेक्रम जारी रहेको छ ।
यसबीचमा भारत र दक्षिण अफ्रिकाबीचको बाँकी दुई खेल पनि खाली रंगशालामा हुने भएको हो । सिरिजको पहिलो खेल रद्द हुन पुग्दा अब आईतबार लखनउ र बुधबार कोलकतामा खेल हुनेछ ।
यसका साथै भारतमा अन्य खेलहरुपनि प्रभावित भएका छन् र हुने क्रममा रहेका छन् । यसबीचमा विश्वको सबैभन्दा चर्चित तथा ठूलो ब्याबसाहिक क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) पनि खाली रंगशालामा हुने सम्भावना बढेर गएको छ ।
भारतिय सन्चारमाध्यमका अनुसार यस संस्करणको आईपीएलमा विदेशी खेलाडी विना पनि हुन सक्ने बताएको छ । तर यस विषयमा भारतीय क्रिकेट कट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो आधिकारिक धारणा भने प्रस्तुत गरेको छैन ।
यस बारेमा छ्लफल गरिरहेको बीसीसीआईले छिट्टैनै बोर्ड बैढ्क बसेर निर्णय गर्ने भनेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)भने बोर्डलाई सुचित र सल्लाह भने दिएको बताएको छ ।
यता भारतमा हालसम्म भाइरसबाट सक्रमित सङ्ख्या ७४ पुगिसक्दा विश्वभर १ लाख २० हजार भन्दा बढी प्रभावित भईसक्दा भाइरसबाट ४५०० जनाले आफ्नो ज्यान पनि गुमाईसकेका छन् ।