पाटन क्याम्पस च्याम्पियन 

पाटन क्याम्पस च्याम्पियन 

काठमाडौं (अनलाइन खेलखबर) । बीएससी सीएसआईटी कप राष्ट्रव्यापी टी– ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाटन बहुमुखी क्याम्पसले उचालेको छ ।

बुधबार भएको प्रतियोगिताको फाइनल खेलमा एकेडेमियालाई ७ विकेटले पराजित गर्दै पाटन प्रतियोगिताको च्याम्पियन बनेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ एकेडेमियाले निर्धारित २० ओभर पूरै ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९८ रन बनाएको थियो ।

उसका लागि मधुसुदन खनालले २२ तथा विपिन महर्जनले १७ रनको योगदान गरेका थिए ।

बलिङतर्फ पाटनका निर्मल लुइटेल र रुपेश बुढाथोकीले समान २/२ विकेट लिएका थिए ।

त्यसपछि एकेडेमियाले प्रस्तुत गरेको ९९ रनको सामान्य विजयी लक्ष्यलाई पाटनले १४.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई प्रतियोगिताको उपाधि दिलाउँने क्रममा पाटनका हिमाल ज्ञवालीले २५ र सुनिल खड्काले अविजित रहदै २४ रन बनाए ।

बलिङतर्फ एकेडेमियाका चिन्तामणि विश्वकर्माले २ तथा भुवन शाहीले १ विकेट लिएका थिए ।

उपाधिसँगै पाटनले नगद ६० हजार प्राप्त गर्दा एकेडेमियाले ४० हजारमा चित्त बुझायो ।

यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी पाटनका चक्र तिमल्सिना घोषित भए भने एकेडेमियाका चिन्तामणि विश्वकर्मा उत्कृष्ट बलर र हिमालयन कलेज अफ इन्जिनिएरिङका किरण विष्ट उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए ।

गत संस्करणको विजेता न्यु समिट कलेजको आयोजनामा भएको प्रतियोगितामा १३ टिमको सहभागीता रहेको थियो ।

अब प्रतियोगिताको प्राबधान अनुसार नवौं संस्करण यस संस्करणको विजेता पाटनले आयोजना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *