ईरफान पठान चम्किँदा भारतिय टोलीको लगातार दोस्रो जित

ईरफान पठान चम्किँदा भारतिय टोलीको लगातार दोस्रो जित

एजेन्सी – सेफ्टी वर्ल्ड सीरीज टि – ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतीय टोलीले लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार राती सम्पन्न आफ्नो दोस्रो खेलमा भारत लेजेन्ड्सले श्रीलंका लेजेन्ड्सलाई ५ विकेटले पराजित गर्न सफल भएको छ ।

खेलमा श्रीलंकाले प्रस्तुत गरेको १ सय ३८ रनको विजयी चुनौतीलाई भारतले १८.४ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।

भारतका लागि ईरफान पठानले सर्वाधिक धेरै रन बनाए । अविजित रहेका उनले ४५ बलको सामना गरेका गर्दै ३ चौका र १ छ्क्कासहित ५७ रन बनाएका थिए । उनी खेलका प्लेयर अफ द म्याचसमेत घोषित हुन पुगेका थिए ।

यस्तै मोहम्मद कैफले ४६ रन तथा संजय बांगरले १८ र मनप्रीत गोनी ११ रनमा अविजित रहे ।

त्यसअघि ओपनरद्वय विरेन्द्र सहवाग ३ रनमा र सचिन तेन्दुलकर सुन्य रनमा आउट हुन पुगेका थिए ।

बलिङतर्फ श्रीलंकन टोलीका चमिंडा वासले २ तथा रंगना हेराथ र सच्चिद्र सेनानायकेले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै श्रीलंका लेजेन्ड्सले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।

उसका लागि कप्तान तथा ओपनर ब्याट्सम्यान तिलकरत्ने दिलशान र चमार कपुदेदेराले समान २३-२३ रनको योगदान गरेका थिए ।

यस्तै टिमका लागि रोमेश कालुविथारानाले २१ रन , सचिथ्रा सेनानायकले १९ रन फरवेज माहरुफ र थिलान तुषाराले पनि समान १०/१० रनको योगदान दिए ।

बलिङतर्फ भारतिय टोलीका मुनाफ पटेलले ४ तथा जहिर खान , ईरफान पठान , मनप्रीत गोनी र संजय बांगरले समान १/१ विकेट हात पारेका थिए ।

यसअघि भारत लेजेन्ड्सले पहिलो खेलमा वेस्ट इन्डिज लेजेन्ड्सलाई ७ विकेटले पराजित गरेको थियो । अब भारत लेजेन्ड्सले तेस्रो खेलमा शनिबार दक्षिण अफ्रिका लेजेन्ड्ससँग प्रतीष्पर्दा गर्नेछ ।

रोड सेफ्टीको सहयोगार्थ सुरु भएको यस प्रतियोगितामा कुल ५ देशका पूर्व खेलाडीहरुको सहभागीता रहेको छ । जसमा भारत , वेस्ट ईन्डिज , अष्ट्रेलिया , श्रीलंका र दक्षिण अफ्रिकाका दिग्गज खेलाडीहरु खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *