विश्व चर्चित बलर तथा प्रशिक्षक मुश्ताक नेपाल आउँदै
काठमाडौं(अनलाइन खेलखबर )।पाकिस्तानका पूर्व क्रिकेटर विश्व प्रसिद्व बलर तथा अन्तर्रा्ष्ट्रिय प्रशिक्षक सक्लेन मुश्ताक नेपाल आउने भएका छन् ।
मुश्ताक नेपालको चर्चित तथा प्रतिष्ठित वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको विषेश कार्यक्रमका लागि नेपाल आउँन लागेका हुन ।
आईतबार एकेडेमीले जारी गरेको प्रेस विज्ञप्तीका अनुसार उनले अप्रिल १४ देखि २१ सम्म हार्तीवनस्थित नव निर्मित एकेडेमीमा खेलाडीहरुलाई प्रशिक्षण गराउँने छन् ।
करिब एक हप्ता नेपालमा रहने उनिसँग एकेडेमी भित्र र बाहिरका ईक्छुक खेल्ने जो कोहिले पनि यस प्रशिक्षणमा भाग लिन सक्ने एकेडेमीले बताएको छ ।
यस्तै उपत्यका बाहिरका खेलाडीहरुले ग्रेट हिमालयको सुविधासम्पन्न होस्टेलमा बसेर पनि प्रशिक्षण प्राप्त गर्न सक्ने ब्यवस्था एकेडेमीले गरेको छ ।
नेपाली खेलाडीहरुले पनि नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकसँग स्तरीय प्रशिक्षण लिन सकुन र अन्तर्राष्ट्रिय टेस्ट खेलाडीको अनुभवबाट नयाँ कुराहरु सिक्न मद्दत पुगोस भन्ने उदेश्यले यो कार्यक्रमको अवसर जुर्याएको एकेडेमीका अध्यक्ष सुदीप शर्माले बताएका छन् ।
।
सक्लेन मुश्ताकलाई अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै सफल बलरका रुपमा लिने गरिन्छ । ९० को दशकमा एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० , १५०, २०० र २५० विकेट लिने कीर्तिमान पनि उनकै नाममा रहेको छ ।
एकदिवसीय प्रतियोगितामा दुईवटा ह्याट्रिक पनि उनको नाममा रहेको छ । जसमध्य एउटा उनले विश्वकपका दौरान लिन सफल भएका थिए ।
सन् २०१९ मा ईङल्यान्डले विश्वकप जित्दा बलिङ प्रशिक्षकका रुपमा रहेका मुश्ताकले त्यसभन्दा अघि उनले न्युजिल्यान्ड, वेस्ट ईन्डिज , अष्ट्रेलिया , बंगलादेश र पाकिस्तान टोलीलाई समेत बलिङ प्रशिक्षकका रुपमा हेरेका थिए ।