विश्वकप फाइनल : अष्ट्रेलियाले दियो भारतलाई विशाल विजयी चुनौती
एजेन्सी । एलिसा हेली र बेथ मुनीको उत्कृष्ट ब्याटिङ गरेपछी आईसीसी महिला टि – ट्वान्टी विश्वकपमा घरेलु टोली अष्ट्रेलियाले भारतिय टोलीलाई विशाल विजयी चुनौती प्रस्तुत गरेको छ ।
मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभर पुरै खेल्दै ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको छ ।
सुरुवाती अवस्था देखि भारतिय बलरसामू खुलेर खेल्ने क्रममा ओपनरद्वय ब्याटर एलिसा हेली र बेथ मुनीले १ सय १५ रनको ओपनिङ साझेदारी गरेका थिए ।
टिमलाई निकै राम्रो सुरुवात दिलाएकी हेलि ११.४ ओभरमा ब्यक्तिगत ७५ रनमा आउट हुन पुगेकी थिइन । मात्र ३९ बलको सामना गरेकी उनले आक्रमक ब्याटिङ गर्ने क्रममा ७ चौका र ५ छ्क्कासहित उक्त रन बनाएकी थिइन ।
हेली आउट भएपछी कप्तान मेग लेनिंग १६ रन बनाएर आउट हुन पुग्दा एश्लेग गार्डनर २ रन र राचेल हेन्सले मात्र ४ रन बनाईन ।
तर टिमलाई अन्त्यसम्म पुर्याउँदै सानदार ब्याटिङ गरेकी बेथ मुनीले अविजित रहदै ७८ रनको योगदान गरेपछी फाइनल खेलमा अष्ट्रेलियाले विशाल योगफल खडा गरेको छ ।
बलिङतर्फ भारतकी दिप्ती शर्माले २ तथा पुनम पाण्डे र राधा यादवले समान १/१ विकेट लिएका थिए ।
अब चारपटकको विश्व विजेता अष्ट्रेलियाले दिएको १ सय ८५ रनको विजयी चुनौतीलाई पछ्याउँदै अबको केही समयपछि पहिलोपटक विश्वकप खेलेको भारतले जवाफी ब्याटिङ गर्नेछ ।