आईसीसी दंग : महिला विश्वकपको फाइनल हेर्न कीर्तिमानी दर्शकहरुको उपस्थिति रहने

आईसीसी दंग : महिला विश्वकपको फाइनल हेर्न कीर्तिमानी दर्शकहरुको उपस्थिति रहने

एजेन्सी । आईसीसी महिला टि – ट्वान्टी विश्वकपको फाइनल खेल आज हुँदैछ । जहाँ चारपटकको विश्व विजेता अष्ट्रेलियाले पहिलोपटक फाइनल पुगेको भारतको सामना गर्दैछ ।

अन्तर्राष्ट्रिय महिला दिवसकै दिन परेको फाइनल खेल एक अविस्मरणीय बन्ने पक्का पक्की भएको छ । महिला खेलकुद ईतिहासमा अहिलेसम्मकै सर्वाधिक धेरै दर्शकहरु खेल आउँने क्रिकेटको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को विश्वास रहेको छ ।

अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा हुने फाइनल खेलका लागि आईसीसीले शुक्रबारसम्म ७५ हजार भन्दा बढी टिकट विक्री भईसकेको बताएको थियो ।

मेलबर्न क्रिकेट मैदानमा १ लाख जतिको क्षमता रहेको छ । यसपटक रंगशाला भरिभराउ हुने सम्भावना निकै प्रबल रहेको छ ।

एक घरेलु टोली अष्ट्रेलिया फाइनल पुग्दै छ भने अर्को तिर क्रिकेटको देश भारत पहिलोपटक फाइनल पुग्दैछ । यसरी हेर्दा आज मेलबर्नले ईतिहास रच्ने पक्का रहेको छ ।

यसअघि सन् १९९९ मा अमेरिकामा भएको फिफा महिला विश्वकपमा ९० हजार १ सय ८५ जना दर्शकहरुको उपस्थिति रहेको छ र आज २१ वर्षपछि त्यो कीर्तिमान तोडिने नजिक पुगेको छ ।

यता आईसीसी पनि महिला क्रिकेट प्रती दर्शकहरुको सहभागीतालाई लिएर दंग परेको छ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेपछि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *