फेरी अष्ट्रेलिया पराजित : सिरिजमाथि दक्षिण अफ्रिकाको क्लिनस्विप
एजेन्सी । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको एकदिवसीय सिरिजलाई घरेलु टोली दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ ।
शनिबार सिरिजको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेसँगै लगातार तीनवटै खेलमा जित निकाल्दै सिरिजमाथि दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको हो ।
खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ५५ रनको विजयी चुनौतीलाई दक्षिण अफ्रिकाले ४५.३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
खेलमा ओपनरद्वय जेन्नेमान मलान र क्विन्टन डि कोकले पहिलो विकेटका लागि ४७ रनको ओपनिङ साझेदारी गरेका थिए ।
नवौं ओभरको पहिलो बलमा ब्यक्तिगत २६ रनमा क्विन्टन डि कोक आउट हुन पुगेका थिए । त्यसपछि टिमले १०.३ ओभरका दोस्रो विकेटका रुपमा अर्का ओपनर ब्याट्सम्यान जेन्नेमान मलानलाई गुमाएको थियो ।
उनि २३ रन बनाएर पभेलियन फर्किएका थिए । ओपनरलाई गुमाईसकेपछी जेजे स्मुट्स र काइल भेरिनेले ईनिङलाई अगाडी बढाएका थिए ।
तर यी दुईबीच तेस्रो विकेटका लागि राम्रो साझेदारी समेत हुन पुग्यो । २७.३ ओभरमा टिमको स्कोर १५० रन हुँदा काइल ब्यक्तिगत ५० रनमा आउट हुनपुगेपनि तेस्रो विकेटका लागि उनि र जेजेबीच ९६ रनको साझेदारी हुन पुगेको थियो ।
काइल आउट भएपछी जेजे स्मुट्स ८४ रन बनाएर आउट हुन पुगे । ४२.१ ओभरमा टिमको स्कोर २२९ रन हुँदा आउट हुन पुगेका उनले टिमलाई जित नजिकतर्फ पुर्याउने क्रममा ९८ बलको सामना गर्दै १२ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।
यस्तै टिमलाई जित दिलाउँन हेनरिक क्लासेनले अविजित रहदै ६८ रन र डेविट मिलरले ३ रन जोडे ।
बलिङतर्फ अष्ट्रेलियाका जोश हेजलवुडले २ तथा केन रिचर्डसन र एडम जम्पाले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली अष्ट्रेलियाले निर्धारित ५० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतकीय पारी खेलेका थिए । १०८ बलको सामना गरेका उनले ८ चौकासहित १०८ रननै बनाएका थिए ।
यस्तै टिमका लागि डी आर्की शर्टले ३६ तथा मिशेल मार्शले ३२ रन बनाएका थिए ।
बलिङतर्फ दक्षिण अफ्रिकाका जेजे स्मुट्स र आनिच नोर्त्जेले २/२ विकेट लिदा डारेन डुपाविलन र एन्डिले फेल्लुक्वायोले पनि समान १/१ विकेट लिएका थिए ।