`हामी खस्किएका होईनौं उनिहरुले राम्रो गरेको हो ´

`हामी खस्किएका होईनौं उनिहरुले राम्रो गरेको हो ´

शलमान शाह(अनलाइन खेलखबर )। सेप्टेम्बरमा पाकिस्तानमा हुने टि -ट्वान्टी एसिया कप खेल्ने लक्ष्यसहित थाईल्याण्ड पुगेको नेपाली क्रिकेट टिम अपेक्षामा खरो उत्रिन असफल हुन पुगेको छ ।

एसिया कपको पहिलो छ्नोट प्रतियोगिता अन्तर्गत ईस्टन रिजन प्रतियोगितामा नेपालले सोचे अनुरुप प्रदर्शन गर्न सकेन र मात्र ५ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल चौथों स्थानमा रहदै प्रतियोगिताको समापन गरेको छ ।

प्रतियोगिता सुरु हुनुअघि प्रतियोगिताको प्रमुख दाबेदार हामीले हाम्रो नेपाललाई मानेका थियौं । विपक्षीलाई त्यो लागेको थियो या थिएन । त्यो उनिहरुको पक्ष हो ।

तर हामी नेपाल यस प्रतियोगिताको च्याम्पियन हुँदै एसिया कपको मलेसियामा हुने अन्तिम छ्नोट प्रतियोगितामा नेपाल सहज तरिकाले पुग्छ भन्नेमा ढुक्क जस्तै थियौ ।

थाईल्याण्ड जानुअघि टिमका सदस्य , कप्तान र प्रशिक्षकले नेपाली समर्थकहरुलाई सोही कुरालाई केन्द्रित गर्दै सोही भनाईलाई आधार दिएका थिए ।

समर्थकहरु पनि टिमलाई सदाझै विश्वास गरेका थिए । एसिया कप खेल्ने सपनाको पहिलो विन्दुलाई नेपालले सजिलै पार गर्छ भनेर ।

तर त्यो हामीले कल्पना गरेको भन्दा ठिक विपरित कुरा बनिदिदा अहिले क्रिकेट जगत तरंगित छ । निराश छ , आक्रोशित पनि छ ।

सामान्यता हामीले आशा गरेपछि त्यो नपाउँदा स्वाभाविक रुपमा यस्ता भावनाका प्रकट हुन्छन त्यो स्वाभाविक नै हो ।

यस्तोमा पछिल्लो समय नेपालले यस्ता महत्वपूर्ण समयमा चुक्दै आएको यो पहिलोपटक भने होईन । यसअघि विश्वकप छ्नोटमा हामी चुक्यौ ।

त्यसबेला पनि यस्तै तरगित नेपालमा भएको थियो । तर फेरी हामी त्यस कुरालाई भुलेर टिमलाई विश्वास गयौं । तर विश्वासमाथि टिम खरो उत्रिन सकेन ।

प्रतियोगितामा नेपाल पहिलो खेलमै मलेसियासँग २२ रनले पराजित हुन पुगेको थियो । टि – ट्वान्टी चिर- प्रतिद्वन्द्वी मलेसियासँग नेपाल लामोसमयको अन्तरालपछि पराजित हुन पुगेको थियो ।

मलेसियासँग पहिलो खेलमा पराजित भएपछी दोस्रो खेलमा नेपालले हङकङलाई हराउँनै पर्ने थियो । तर नेपाल हङकङसँग सफल मात्र भएन लज्जास्पद ४३ रनले हार ब्यहोर्न बाध्य भयो ।

तेस्रो खेलमा भने घरेलु टोली थाईल्याण्डलाई नेपालले सहज तरिकाले पराजित गर्दा अन्तिम खेल भने सिगांपुरसँग वर्षाका कारण रद्द हुन पुग्यो ।

सुरुवाती दुबै खेलमा नेपालको ब्याटिङ चल्न सकेन । विशेषगरि ब्याट्सम्यानले आफ्नो जिम्मेवारीलाई बुझ्न सकेनन् । धेरै कुराहरु छन् जसमा नेपालको यो नतिजा आउँनुमा खेलमा सदै नतिजा नेपालकै पक्षमा नै आउँनु पर्छ । भन्ने पनि हुँदैन । सदै नेपाल बलियो पनि हुन्छ भन्ने हुँदैन ।

यसपटक नेपालको असली क्षमता चाहिँ मापन भएको हो । नेपाल कहाँ छ भनेर , भाग्यले साथ दिएर एकदिवसीय मान्यता प्राप्त गरेको नेपालको यो पछि त्यति गतिलो प्रदर्शन हुन सकेको छैन ।

त्यति खस्किएको पनि होईन , जुन हिसाबले नेपालले आफ्नो क्षमतालाई वृद्धि विकाश गर्नु पर्ने हो त्यो हुन सकेको छैन ।

यस्तोमा नेपाल बारम्बार चुक्दै आएको छ भने हामीसँग खेल्ने विपक्षी टिमहरुले राम्रो प्रदर्शन गर्दैछन् ।

उनिहरुले क्रिकेटमा निकै लगानी गर्दै कडा मेहनत गरिरहेका छन् । उनीहरुमा योजना छ , सोच छ सोही अनुसार नतिजा पनि आईरहेको छ ।

पछिल्लो समय विश्वकपको छ्नोटमा नेपाललाई कतारले सुचित गराईसकेको छ । भर्खरै एक्कासी कतार यो स्थितिमा आउँनुमा उनिहरुको क्रिकेट प्रती लगानि नै मुख्य हुन आउँछ ।

कतारले नेपालमाथि एतिहासिक जित हासिल गरेपश्चात अहिले कतारलाई पनि बलियो टिमको रुपमा गणना गर्न थालिएको छ ।

कतार त एउटा प्रतिनिधि हो । यस्तै दक्षिण एसियाली खेलकुद ( साग ) जुन नेपालमा नै भएको थियो जसमा माल्दिभ्सले पनि नेपाललाई कडा नै टक्कर दिएको कुरा भुल्नु हुँदैन ।

यसरी हेर्ने हो भने हामी आफ्नो क्षमता वृद्धि विकाशमा ध्यान नदिने , आन्तरिक झमेलामा मात्र रोमिलिने हो भने एक दिन यस्तो दिन पनि नआउँला भन्न सकिँदैन थाईल्याण्ड,म्यानमार, चीन,भुटानलगायत टिमलाई नेपालले अहिले सजिलै हराउँछ ।

त्यो दिन पनि टाढा नहोला जुन दिन नेपालले यी टिमसँग पनि संघर्ष गर्नु पर्ने अवस्था नआउँला भन्न सकिदैन ।

एकदिवसीयको मान्यता भन्दा भन्दै मान्यतामा मात्र सिमित रहने हो भने त्यो दिनमा पनि हामी अचम्मित हुन पर्ने अवस्था नआउँला भन्न सकिँदैन ।

अब हामीहरु पनि आफ्नो क्षमतालाई बढाउन जरुरी छ । कसरी बढाउन सकिन्छ,त्यसका लागि अहिलेबाटै गृहकार्य गर्नु पर्नेछ ।

अफगानिस्तानलाई एक समय टक्कर दिने हामीहरु नै थियौ । पछि क्रमशः अफगानिस्तानले राम्रो गर्दै गयो । क्रिकेटमा लगानी र मेहनत गर्यो जसले गर्दा त्यसको प्रतिफल अफगानिस्तानले पाएको छ ।

अहिले अफगानिस्तान विश्व क्रिकेटका ठूला टिमलाई हराउँन क्षमता राख्छ । अफगानिस्तान र नेपालको क्षमता लगभग केहि वर्षसम्म समान जस्तै थियो ।

पछिल्लो समय सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टि – ट्वान्टी विश्वकपमा नेपालले अफगानिस्तानलाई हराएको होईन हराएकै त्यो टिम अफगानिस्तान कहाँ पुग्यो कति प्रगति गर्यो हामी कहाँ छौ । त्यसमा समिक्षा सहज तरिकाले गर्न सकिन्छ ।

यसबीचमा हामीहरुको खेल खस्किएको हो या हाम्रा विपक्षीले राम्रो गरेका हुन् । लाग्छ हाम्रो स्तर खस्किनु भन्दा विपक्षीले राम्रो गरेको पक्कै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *