दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया छ्ठौंपटक विश्वकपको फाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया छ्ठौंपटक विश्वकपको फाइनलमा

एजेन्सी । दक्षिण अफ्रिकालाई पराजित गर्दै चारपटकको विश्व विजेता घरेलु टोली अष्ट्रेलिया आईसीसी महिला टि – ट्वान्टी विश्वकपको फाइनल प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनलमा वर्षाले प्रभावित गरेपछी दक्षिण अफ्रिकाले अष्ट्रेलियाबाट ९८ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । जुन १३ ओभर भित्र पूरा गर्नु पर्ने रहेको थियो ।

जसमा दक्षिण अफ्रिका १३ ओभरमा ५ विकेट गुमाएर ९२ रनमा सिमित हुन पुग्दा डिएल मेथडमार्फत अष्ट्रेलियाले ५ रनले खेल आफ्नो पक्षमा पार्दै विश्वकपको फाइनल पुग्न सफल भयो ।

ब्याटिङमा दक्षिण अफ्रिकाका लागि लौरा वोल्वार्डले एक्लैले अविजित रहदै ४१ रनको योगदान गरेपनी टिमलाई जिताउँन सफल भएनिन । २७ बलको सामना गरेकी उनले उक्त रन बनाउँने क्रममा ३ चौका र २ छ्क्का प्रहार गरेकी थिइन् ।

यस्तै टिमका लागि सुने लुउसले २१ र कप्तान डेन भ्यान निकेरक १२ रनको योगदान गरेकी थिइन् ।

बलिङतर्फ अष्ट्रेलियाका मेगन शुटले २ तथा जेस जोनासेन, सोफी मोलिनेक्स र डेलिसाले समान १/१ विकेट हात पारेका थिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ५ गुमाएर १ सय ३४ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान मेग लेनिंगले सर्वाधिक ठूलो योगदान गरिन । ४९ बलको सामना गरेकी उनले ४ चौका र १ छ्क्कासहित ४९ रन बनाएकी थिइन् ।

यस्तै बेथ मुनीले २८ रन तथा ओपनर ब्याटर एलिसा हेलीले १८ र रचेल हेनेसले १७ रनको योगदान गरेकी थिइन् ।

बलिङतर्फ दक्षिण अफ्रिकाकी नाडाइन डी क्लार्कले सर्वाधिक ३ विकेट लिएकी थिइन् ।

अब अष्ट्रेलियाले फाइनलमा भारतको सामना गर्नेछ । फाइनल खेल आईतबार मेलबर्नमा हुँदैछ ।

विश्वकपको सबैभन्दा सफल टिम अष्ट्रेलियाले यसअघि सन् २०१०, २०१२ , २०१४ र २०१८ मा विश्व च्याम्पियन बनेको थियो भने सन् २०१६ मा उप – विजेता बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *