एसियन च्यालेन्जर ट्रफीको उपाधि शंकरनगरलाई

एसियन च्यालेन्जर ट्रफीको उपाधि शंकरनगरलाई

काठमाडौं (अनलाइन खेलखबर ) । रुपन्देही जिल्लाको भैरहवामा भएको एसियन च्यालेन्जर ट्रफी क्लब क्रिकेट प्रतियोगितामा उपाधि शंकरनगर क्रिकेट क्लबले उचालेको छ ।

बिहिबार भएको प्रतियोगिताको फाइनल खेलमा राईनो क्रिकेट क्लबलाई २६ रनले पराजित गर्दै शंकरनगर प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा शंकरनगरले प्रस्तुत गरेको १ सय ७८ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको राईनो १९.५ ओभरमा अलआउट हुँदै १ सय ५१ रनमा सिमीत हुन पुग्दा शंकरनगरलाई च्याम्पियन बन्न प्रयाप्त बन्यो ।

राईनोका लागि ओपनर ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्वाधिक ठूलो पारी खेले । ५४ बलको सामना गरेका उनले ६ चौका र ३ छ्क्कासहित ७५ रनको योगदान गरे ।

यस्तै टिमका लागि धिरज शाहीले २१ तथा गजेन्द्र बोहराले १७ रन बनाउँदा लोकेश बम ८ रन र प्रकाश केसी १५ रनमा आउट हुन पुगेका थिए ।

बलिङतर्फ शंकरनगरका अनिल खरेलले ३ तथा विक्रम भुषाल, सन्दीप सुनार , दुर्गेश गुप्ता र शाहब आलमले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको शंकरनगरले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

शंकरनगरका लागि सङ्खर रानाले सर्वाधिक ७६ रनको योगदान गर्दा तुल बहादुर थापाले २५ रन र सन्दीप सुनारले २२ रनको योगदान गरेका थिए ।

बलिङतर्फ राईनोका सुर्य तामाङले २ तथा कमल सिंह एरी , रोहित कुमार पौडेल र रमेश कुर्मीले समान १/१ विकेट लिएका थिए ।

भैरहवा क्विन्स प्रालिको आयोजना तथा राइनो स्पोर्ट्सको व्यवस्थापनमा भएको प्रतियोगितामा नेपालसहित भारत , पाकिस्तान र बंगलादेशका क्लबहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *