भारत पहिलो पटक विश्वकपको फाइनलमा

भारत पहिलो पटक विश्वकपको फाइनलमा

एजेन्सी । भारतीय महिला क्रिकेट टिम पहिलोपटक टि – ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियामा जारी विश्वकपमा वर्षाका कारण आज तय भएको ईङल्यान्डसँगको पहिलो सेमिफाइनल खेल रद्द हुन पुगेपछी भारत समूह चरणको प्रदर्शनका आधारमा सिधा आईतबार हुने फाइनलमा पुगेको हो ।

निरन्तर ठूलो मात्रामा मैदानमा पानि परिरहेपछि लामो समय हेरिसकेपछी अन्ततः खेल गर्न नसकिने अम्पायरको निर्णय आएपछि भारत खेलनै नखेली फाइनल पुग्दा ईङल्यान्ड भने निराश हुन पुगेको छ ।

आईसीसीको नियम अनुसार समूह चरणको प्रदर्शनमा अब्बल रहेको भारत समूह`ए´ को विजेताको हैसियतबाट सेमिफाइनल पुगेको थियो । जसमा भारतले ४ वटै खेल जित्न सफल भएको थियो ।

यता समूह`बी´ को उप – विजेताको हैसियतबाट सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको ईङल्यान्डले समूह चरणमा ३ खेलमा जित हासिल गरेको थियो ।

यसअघि भारत सन् २००९ , २०१० र २०१८ मा सेमिफाइनल पुगेपनी फाइनल पुग्न असफल रहदै आएको थियो ।

अब भारतले मेलबर्नमा आईतबार हुने फाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलको विजेतासँग उपाधिका लागि प्रतिष्पर्दा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *