लोकेश बमले आक्रमक ब्याटिङ गरेपछी राईनो फाइनलमा

लोकेश बमले आक्रमक ब्याटिङ गरेपछी राईनो फाइनलमा

काठमाडौं (अनलाइन खेलखबर ) । रुपन्देही जिल्लाको भैरहवामा जारी एसियन च्यालेन्जर ट्रफी प्रतियोगितामा युवा आक्रमक ब्याट्सम्यान लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेपछी उनको टिम राईनो क्रिकेट क्लब फाइनल प्रवेश गरेको छ ।

बुधबार प्रतियोगिताको पहिलो सेमिफाइनलमा राईनोले बंगलादेशको असरक क्रिकेट क्लब लाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको छ ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै पाहुना टोली असरकले निर्धारित २० ओभर पुरै खेल्दै आफ्नो सबै विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।

उसका लागि अलि सामाद र ओस्कर कोलकले समान ३०/३० रन बनाउँदा दान रोबर्टले २४ रन र एम्बिए चौधरीले १४ रनको योगदान दिएका थिए ।

बलिङतर्फ राइनोका लागि कमल सिंह ऐरीले ,सुर्य तामाङ र गजेन्द्र बोहराले समान ३/३ विकेट लिएका थिए ।

त्यसपछि १ सय १८ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको राइनोले उक्त विजयी चुनौतीलाई १० ओभरमा मात्र १ विकेटको गुमाएर पुरा गर्यो ।

राइनोलाई सहज जित दिलाउने क्रममा यु -१९ राष्ट्रिय टिमका ब्याट्सम्यान लोकेश बम एक्कैले अविजित रहदै ९० रनको योगदान गरेका थिए ।

यस्तै राष्ट्रिय टोलीका रोहित कुमार पौडेल र गजेन्द्र बोहोराले पनि समान ११ /११ रन जोडेपछी टिमले सहज जित निकाल्दै प्रतियोगिताको फाइनल पुग्न सफल भयो ।

अब राईनोले उपाधिका लागि शंकरनगर क्रिकेट क्लबसँग बिहिबार प्रतिष्पर्दा गर्नेछ । शंकरनगर फाइनल पुग्ने क्रममा वेस्टर्न क्रिकेट क्लबलाई ४४ रनले निराश बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *